PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

'इमोसनल' माहोलमा जब डेनमार्कले नाटकीय जित निकाल्दै अन्तिम १६ को यात्रा तय गर्‍यो...



पहिलोपोस्ट

'इमोसनल' माहोलमा जब डेनमार्कले नाटकीय जित निकाल्दै अन्तिम १६ को यात्रा तय गर्‍यो...
सबै फोटो: रोयटर्स

डेनमार्कको पार्केन स्टेडियममा १० दिन अघि फिनल्याण्डविरुद्धको खेलको ४३ औं मिनेटमा क्रिस्टियन एरिक्सन मैदानमा ढले। हृदयघातका कारण उनी ढलेपछि केहीसमय खेल रोकियो। संसारभरीबाट उनका लागि प्रार्थना गरियो। सबै फुटबल समर्थकको ध्यान उनीमा खिचियो। उनी होसमा रहेको खबर आएसँगै केहीसमय पछि खेल सुरु भयो। जसमा फिनल्याण्डले डेनमार्कलाई हरायो। एरिक्सन अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

त्यही मैदानमा डेनमार्क समूहको अन्तिम खेलमा रसियासँग खेल्न गइरहेको थियो। खेलअघि माहोलनै दर्शकहरुले एरिक्सनको हुटिङ लगाउन बिर्सिएनन्। २५ हजार बढी दर्शक उपस्थित भएको स्टेडियमा राष्ट्रिय गीत गु्ञ्जाएका थिए। त्यहीँ केहीबेर खेल सुरु भयो। समूहका यसअघिका सबै खेलमा पराजय ब्यहोरेको डेनमार्कले रसियामाथि ४-१ को फराकिलो अन्तरले जित निकाल्यो। डेनमार्कलाई जित चाहिएको थियो र यो जित खेलाडीले समर्थकहरुलाई समर्पण गरे।

समूहको पहिलो खेलमा फिनल्याण्डसँग १-० ले पराजय ब्यहोरेको डेनमार्कले दोस्रो खेलमा बेल्जियमसँग २-१ गोलअन्तरले पराजय ब्यहोरेको थियो। त्यस्तै तेस्रो खेलमा रसियालाई हराउँदा पनि अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो।

बेल्जियम विजेता, डेनमार्क उपविजेता

समूह 'बी' अन्तर्गत गएरातिका दुई खेलसँगै बेल्जियम र डेनमार्क अन्तिम १६ मा प्रवेश गरेका छन्।

समूहका सबै खेलमा अपराजित बेल्जियमले क्रिस्टोभ्यस्की स्टेडियममा सम्पन्न खेलमा फिनल्याण्डलाई हराउँदै समूहमा शतप्रतिशत जित निकालेर समूह विजेता बन्न सफल भयो। उक्त खेलमा बेल्जियमले २-० को जित निकालेको थियो।

त्यस्तै अर्को खेलमा डेनमार्कले रसियामाथि फराकिलो जित निकाल्यो। पार्केन स्टेडियममा सम्पन्न खेलमा डेनमार्कले रसियामाथि ४-१ को फराकिलो जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

खेलको ३८ औं मिनेटमा मिकेल डाम्सगार्डको गोलमा अग्रता बनाएको डेनमार्क पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा युसुफ पउलसेनले डेनमार्कको अग्रता दोब्बर बनाए। उनले खेलको ५९ औं मिनेटमा गोल गर्दा रसियाले ७० औं मिनेटमा गोल फर्काए। पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै आर्टेम डिज्युबाले गोल गरेका थिए। यता डेनमार्कका आन्द्रेस क्रिस्टेनसेनले ७९ औं मिनेटमा र जोआकिम मइह्लेले ८२ औं मिनेटमा गोल गर्दा डेनमार्कले ४-१ को फराकिलो जित निकाल्यो।

समूहमा शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको बेल्जियमले ९ अंक जोड्दा दोस्रो स्थानका लागि भने तीन टिमको ठूलो प्रतिस्पर्धा देखियो। डेनमार्क, फिनल्याण्ड र रसियाको समान ३ अंक रहे पनि गोलअन्तरका आधारमा डेनमार्क दोस्रो, फिनल्याण्ड तेस्रो र रसिया चौथो स्थानमा रहे। यो सँगै रसिया प्रतियोगिताबाट बाहिरिएको छ भने फिनल्याण्डले भने अझै अन्तिम १६ का लागि अन्यसमूहका तेस्रो स्थानको टिमसँगको समीकरण कुर्नेछ।

डेनमार्कले अब अन्तिम १६ को खेलमा वेल्ससँग एम्स्टरड्याममा वेल्ससँग खेल्नेछ।

बेल्जियम समूह 'बी' को विजेता, रसियालाई फराकिलो अन्तरले हराउँदै डेनमार्क अन्तिम १६ मा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell