PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

दोस्रो परीक्षणमा ११ जना खेलाडी र २ जना अफिसियलको कोभिड रिपोर्ट नेगेटिभ



पहिलोपोस्ट

दोस्रो परीक्षणमा ११ जना खेलाडी र २ जना अफिसियलको कोभिड रिपोर्ट नेगेटिभ
फाइल फोटो

काठमाडौं : राष्ट्रिय फुटबल टोलीमा खेलाडी र अफिसियल गरि २० जनामा कोभिड संक्रमण देखिएकोमा दोस्रो परीक्षणमा ११ जना खेलाडी र २ जना अफिसियलको कोभिड रिपोर्ट नेगेटिभ आएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले १३ जनाको दोस्रो परीक्षणमा कोभिड रिपोर्ट नेगेटिभ आएको बताए।

'१३ जनाको नेगेटिभ आयो। ११ जना खेलाडी दुई जना अफसियल। अब बाँकी स्टाफहरुको भोलि परीक्षण हुन्छ।' उनले भने।

यसअघि आजबाट सुरु हुने राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण २० जना खेलाडी र अफिसियलको कोभिड रिपोर्ट पोजेटिभ आएपछि स्थगित भएको थियो।

यसअघि साफ गेम र एसियन कप क्वालिफायर्सको तयारीका लागि जुलाई १ बाट प्रशिक्षण सुरु गराउने एन्फाले जनाएको थियो। अब जुलाई ७ बाट प्रशिक्षण सुरु हुने समेत एन्फाले जनाएको छ।

प्रशिक्षणको प्रारम्भिक चरणमा ५० जना खेलाडीलाई बोलाइएको छ।

सम्बन्धित समाचार : राष्ट्रिय फुटबल टिमका २० जनामा देखियो कोभिड १९ संक्रमण

यी हुन प्रशिक्षणमा बोलाइएको ५० खेलाडी

अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुस घलान, भरत खवास, विबेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजबंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सञ्जोग राई, सन्तोष तामाङ, शेषेहाङ आङदाम्बे, शिषिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुर जिउ ठकुरी, तेज तामाङ र त्रिदेब गुरुङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell