PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

रत्नपार्कमा 'कोभिड वारियर्स'को चित्र मेटाइएको भित्तामा राजनीति, नेविसंघले नारा लेखेको केही घण्टामै मेटायो महानगरले



रत्नपार्कमा 'कोभिड वारियर्स'को चित्र मेटाइएको भित्तामा राजनीति, नेविसंघले नारा लेखेको केही घण्टामै मेटायो महानगरले

काठमाडौं : रत्नपार्कमा रहेको आकाशे पुलमा नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिका र नगर प्रमुख विद्यासुन्दर शाक्यको विरोधमा लेखेको नारा मेटाइएको छ।

कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिएकाको सम्मानमा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटाएको थियो। त्यसैको विरोधमा आज बिहान नेपाल विद्यार्थी संघले महानगर र शाक्यको विरोधमा चित्र मेटाइकै भित्तामा नारा लेखेको हो। नेविसंघले नारा लेखेको केही समयमा नै महानगर प्रहरीले नारा मेटाएको हो।

सम्बन्धित समाचार : रत्नपार्कमा 'कोभिड वारियर्स'को चित्र मेटाइएकै भित्तामा नेविसंघले लेख्यो 'महानगर र विद्यासुन्दर शाक्य मुर्दावाद'

महानगरले भने भित्तामा चित्र मेटाएको विषयमा नेपाली कांग्रेसले आफ्नो 'राजनीति रंगिन' बनाउने प्रयास गरिरहेको आरोप लगाएको छ। वडाअध्यक्षको सहमतिमा मात्रै महानगरमा चित्र बनाउन नपाइने महानगरको तर्क छ। अहिले महानगरपालिकाको नेतृत्व विद्यासुन्दर शाक्यले सम्हालिरहेका छन्। उनी सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका नजिकका हुन्। सिफारिस दिने वडा २८ का वडा अध्यक्ष भाइराम खड्गी नेपाली कांग्रेसका हुन्। उनी महानगरका उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठ निकट हुन्।

सम्बन्धित समाचार : कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिएकाको सम्मानमा बनाइएको चित्र महानगरले किन मेटायो?

दुर्जाङ्ग शेर्पासहित चार जनाले ६ दिन लगाएर चित्र बनाएका थिए। ४ जना त उनीहरुका लागि स्वयम सेवीका रुपमा खटिएका थिए। वडाको सिफारिस भएपनि महानगरसँग अनुमति नलिएको भन्दै नगर प्रहरीले चित्र मेटाएको थियो। चित्र मेटाएपछि महानगरको आलोचना भइरहेको छ। नेविसंघले पनि विरोधको नारा लेखेकोमा आलोचना भइरहेको छ।

महानगरले चित्र मेटाएको भित्तामा लाखौं खर्चेर अर्को चित्र बनाउने तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell