PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बाढीले बगायो सामरी खोलाको पुल : ५ वर्षदेखि थियो अलपत्र, पुलसँगै बग्यो ५ करोड ३७ लाख बजेट



निशा गुरुङ

बाढीले बगायो सामरी खोलाको पुल : ५ वर्षदेखि थियो अलपत्र, पुलसँगै बग्यो ५ करोड ३७ लाख बजेट

हेटौँडा : मकवानपुरगढी गाउँपालिकाको सामरी खोलामा निर्माणाधिन पुल गएरातिको बाढीले बगाएको छ। वाग्मती प्रदेश सरकारको लगानीमा निर्माण हुँदै गरेको पुल गएराति आएको बाढीले बगाएका हो।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ३ जोड्नका लागि सामरी खोलामा निमाण गर्न लागिएको पुल खोलाले बगाएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताए। विगत ५ वर्षदेखि ठेकेदारको लापरबाहीका कारण निर्माणको काम अगाडि बढ्न सकेको थिएन। खोला थुनेर पुल निर्माण गर्दा स्थानीय बस्ती जोखिममा परेको भन्दै स्थानीयले निर्माण कार्य छिटो सक्न दबाब दिँदै आएका थिए।

पुलको ढलान गर्न संरचना तयार गर्दा मुनिबाट ग्राबेल थुपारिएको धेरै भइसकेको थियो। चैतमै ढलान गर्न तयार भएको पुलको आधा भाग पनि ढलान हुन नपाउँदै बगाएको छ। सामरी खोला बग्ने सतह र बस्तीको उचाइ निक्कै कम रहेको थियो। हरेक वर्ष सामरी खोला वारपार भएर बस्तीमा छिर्न खोजेको घटनाहरु धेरै छन्।

धादिङ बजारमा करिब ६० घर, पसल, सहकारी संस्था, स्वाथ्यचौकी, वडा कार्यालय, शारदा कजेल लगायत बाक्लो बस्ती छ। केहीगरि खोला थुनिएमा धादिङ बजारमा बाढी पसेर ठूलो जनधनको क्षति गराउने सम्भावना छ।

२०७३ साल पुस ११ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत जिल्ला विकास समिति मकवानपुरले नागर्जुन शंकरमाली जेभिलाई ५ करोड ३७ लाख ९२ हजार ३०५ रुपैयाँमा २०७४ चैत ११ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको ठेक्का दिएको थियो। सम्झौता अवधि सकिएको ४ वर्ष भइसकेको छ। तर, अहिलेसम्म एक स्पान समेत निर्माण भएको छैन।

ठेकेदारकै बद्मासीको कारणले धादिङ बजार जोखिममा रहेको र पुल निर्माणको लागि आफूहरुले बारम्बार ताकेता गर्दापनि ठकेदारले अटेर गरेको मकवानपुरगढी गाउँपालिका-५ का वडाध्यक्ष जीतबहादुर घिमिरेले बताए। बस्ती जोगाउन आफूहरु लागि परेको उनले बताए।

सम्बन्धित समाचार :

सम्झौता अवधि सकिएको ४ वर्ष भइसक्दा पनि सामरी खोलाको पुल निर्माण अलपत्र, बस्ती डुबानमा पर्ने जोखिम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell