PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

ओली गुटमा नगएको वामदेवको दावी : पार्टी मिलाउन सक्ने मान्छे हुँ तर कुनै भूमिका पाउन सकिन



पहिलोपोस्ट

ओली गुटमा नगएको वामदेवको दावी : पार्टी मिलाउन सक्ने मान्छे हुँ तर कुनै भूमिका पाउन सकिन

काठमाडौं : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा एमालेको आफू कुनै गुटमा प्रवेश नगरेको बताएका छन्।

आइतवारको राष्ट्रिय सभामा बोल्दै गौतमले आफू बालुवाटारमा एमालेको बैठकमा मात्रै सामेल भएको प्रष्टिकरण दिए। उनले अध्यक्ष केपी ओली शर्माको समूहमा आफू नगएको दाबी गरेका छन्।

'कतिपय साथीहरुले केपीको गुटमा गयो भन्नुभएको छ। म कुनै समूहमा गएको होइन। एमाले भएको प्रमाण पेश गर्न बैठकमा गएको हुँ,'  उनले भने।

गौतम असार १८ र १९ गते बालुवाटारमा ओलीले बोलाएको केन्द्रीय कमिटीमा सहभागी भएका थिए भने ओलीलाई अब आफूले नछाड्ने वाचा गरेका थिए। आइतवारको राष्ट्रियसभामा भने गौतमले आफूले एमाले एकताका लागि भूमिका मागेको भए पनि नपाएको गुनासो गरे।

'हाम्रो पार्टीसँग सम्बन्धित भए पछि सरकार जोडिएर आउँछ। मैले केही समय पहिले नेकपा हुँदाखेरी कतै पनि सामेल हुन सकिन मलाई मन पनि लागेन। अहिले म नेकपा एमाले पुनस्थापित भए पछि एमाले रोज्नै पर्‍यो। जिम्मा पाए त्यो कुरा निर्भाह गर्ने व्यक्ति हो। अध्यक्ष कमरेडले बोलाएको बैठकमा पनि भाग लिन गएँ। बामदेव केपी तिर गयो भने कतिले। म कुनैतर्फ गएको होइन। म एमाले भएको हुनेले एमाले भएको प्रमाण पेश गर्न गएको हुँ,' उनले भने।

कतिपयले आफ्नो समूहमा दु:ख प्रस्ताव पास गरेको भन्दै गौतमले विरोध गरेका छन्।  बालुवाटार लागेका गौतमले ओलीले कुनै भूमिका नदिएको भन्दै आपत्ति जनाए। भने,'पार्टीमा गइसकेपछि जे भूमिका निर्वाह गर्न सक्छु भनेको थिएँ त्यो भूमिका प्राप्त गर्न सकिनँ,' उनले भने। उनले एमालेको विवाद समाधान अदालतबाट फैसला आएपछि मात्रै हुने बताए। एमाले विवाद समाधानका लागि गठित कार्यदलका नेताहरुको दावी अनुसार आज सहमतिको घोषणा हुन नसकेको उनले बताए।

'एउटा कार्यदल दुईवटा समूहबाट निर्माण भएको छ। आज खुसीको खबर आउँछ भनेका थिए। मैले सर्वोच्चको निर्णय पछि आउँछ खुसीको खबर भनेको थिएँ। सर्वोच्चको फैसला पनि पार्टी एकिकृत हुन्छ,' उनले भने।

सम्बन्धित समाचार

एमालेमा खुसीको खबर सर्वोच्चको फैसलापछि मात्रै आउँछ : वामदेव गौतम, बजेट राष्ट्रियसभामा पेस गर्न प्रस्ताव

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell