PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

किन भीआइपीको 'पीएसओ' प्रहरीको एउटा आकर्षक पोस्टिङ बनिरहेछ?



सविन ढकाल

किन भीआइपीको 'पीएसओ' प्रहरीको एउटा आकर्षक पोस्टिङ बनिरहेछ?

काठमाडौं : 'आफूलाई जो सजिलो हुन्छ उसैलाई त लिने हो नि। उहाँले पनि त्यही अनुसार लिनु भयो।'

भनाइ हो, नेपाल प्रहरीका एक उच्च प्रहरी अधिकृतको। प्रसंग चाहिँ प्रधानमन्त्रीको निजी सुरक्षा गार्ड (पीएसओ) राख्ने सन्दर्भमा।

मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिए। देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनको सुरक्षा प्रबन्ध मिलाइयो। प्रधानमन्त्रीको हैसियतमा देउवाका लागि सुरक्षा व्यवस्था मिलाइयो।

नेपाल प्रहरीबाट डीएसपीको नेतृत्वमा सुरक्षा टोली खटाइएको छ। नेतृत्वको कमान सम्हालेका छन् डीएसपी कोमलविक्रम शाहले। नगर प्रहरी प्रमुख रहेका उनलाई काज सरुवा गरिएको हो प्रधानमन्त्रीको सुरक्षाका लागि। उनी यसअघि २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि पीएसओ नै खटिएका थिए।

'भीआइपीले आफू कम्फर्ट हुने सुरक्षाकर्मी खोज्छ। त्यो एउटा कारण हो भने अर्को राजनीतिक कनेक्सन र नातागोताले गर्दा पनि पीएसओ आफैँ रोज्ने गरेका हुन्छन्,' पूर्व डीआइजी हेमन्त मल्ल ठकुरीले भने।

त्यसो त नेपाली सेनाले प्रधानमन्त्रीको सुरक्षाको कमान्ड लिएको हुन्छ। यता नेपाल प्रहरीबाट डीएसपीको कमाण्डमा ८० जना भन्दा बढी सुरक्षाकर्मी खटाइएको हुन्छ। त्यसको नेतृत्व अब डीएसपी शाहले गर्ने छन्। भीआइपी व्यक्तिको सुरक्षा गार्ड बस्न प्रहरी कर्मचारीको पनि रोजाइको क्षेत्र हुने गरेको छ। भीआइपीसँग सम्बन्ध बढ्ने र पछि बढुवा तथा सरुवामा सहयोग मिल्ने लोभले उनीहरु पीएसओ बस्नका लागि जोडबलले लागेका हुन्छन्। 

मागेकै भरमा भिआइपीलाई पिएसओ: गृहसँगै छैन रेकर्ड

विदेशमा हुने तालिम, सरुवा बढुवा लगायत अन्य अवसरमा पनि पहुँचको अर्थ हुने भएकाले प्रहरीहरु भीआइपीको पीएसओ बस्ने गरेको सुरक्षाविद्हरु बताउँछन्। तर, कामको हिसाबले पीएसओ हुनु सहज भने छैन। आफ्नो व्यक्तिगत जीवन बिर्सिएर दिनरात भीआइपीको अघिपछि गर्नु सामान्य भने होइन। तर, पनि केही लाभको लागि उनीहरु पीएसओ बस्न लालहित हुने गरेको पूर्व डीआइजी मल्लले बताए।

त्यस्तै, प्रधानमन्त्री, मन्त्री लगायतले पनि पीएसओ आफू अनुकूल र विश्वासिलो पात्रलाई नै बनाउने गरेका छन्। जसको पछिल्लो उदाहरण डीएसपी शाह हुन्। शाह २०७४ सालमा प्रधानमन्त्री देउवाको पिएसओ बसेका थिए। त्यसपछि उनी महानगरीय प्रहरी वृत्त स्वयम्भुको इन्चार्ज भए। पीएसओ बसेको अर्को फाइदा फेरि मिल्यो उनलाई। आकर्षक पोष्टिङ मानिने पोखराको बैदाम प्रहरी कार्यालयमा उनको सरुवा भयो। शेरबहादुर देउवा प्रधानमन्त्री हुँदामात्र पीएसओ दोहोरिएका भने होइन।

माओवादी केन्द्रबाट प्रधानमन्त्रीको नेतृत्व गर्दा पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्ना विश्वास मानिसएका डीएसपी दानबहादुर मल्ललाई पीएसओ राखेका थिए। जब प्रचण्ड प्रधानमन्त्रीबाट हटे, डीएसपी मल्लले आकर्षक मानिने महानगरीय प्रहरी वृत्त दरबारमार्गमा पोष्टिङ पाए। त्यसपछि उनी बढुवा भएर एसपी भए। प्रचण्ड सरकारको नेतृत्व नगरे पनि सरकारसँग नजिक भइरहेका थिए उनी। त्यही मौकामा एसपी मल्ललाई आफ्नो गृह जिल्ला चितवन पुर्‍याएका थिए, प्रचण्डले। चितवन एसपी पोष्टिङको लागि आकर्षण जिल्ला मानिन्छ।

सरुवा भएको १३ दिनपछि प्रचण्ड निकट एसपी मल्लले छोडे चितवन, यसरी भयो बिदाई

'कहिले काहीँ उनीहरु संगठनको निर्णय विपरीत गएर आफैं संगठन चलाउने झैं गर्न पनि सक्छन। यो एउटा डर लाग्दो पक्ष हो,' पूर्व डीआइजी मल्लले भने।

प्रहरीको सुरक्षा निर्देशनालयले प्रधानमन्त्री लगायत अति विशिष्ट, विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था मिलाउने गर्छ।

प्रचण्ड निकट भएकै कारण मल्लको सरुवा चितवनबाट हँदासम्म उनले जिल्ला छोड्न नमानेर विवादमा तानिएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्ललाई त्यतिखेर प्रहरी प्रधान कार्यालयले १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दिएपछि उनी बाध्य भएका थिए।

केही समय नेपाल प्रहरीमा धेरै जसो पीएसओहरु लेखा विभागमा भेटिन्थे। तल्लो तहका पीएसओ बसेका प्रहरीहरु काम सजिलो हुने भन्दै लेखामा आउने गरेका थिए। भीआइपीको भनसुनमा सरुवा भए पनि कार्य दक्षता नहुँदा संगठनले यसको अतिरिक्त भार खेप्नुपरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell