PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

सरुवा भएको १३ दिनपछि प्रचण्ड निकट एसपी मल्लले छोडे चितवन, यसरी भयो बिदाई

सरुवा भएको १३ दिनपछि प्रचण्ड निकट एसपी मल्लले छोडे चितवन, यसरी भयो बिदाई

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एसपी दानबहादुर मल्ल जिल्ला प्रहरी कार्यालय चितवनबाट बिदा भएका छन्। एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न बुधवार ३ नम्बर प्रदेश प्रहरीले पत्र काटेको थियो। तर मल्लले १२ घण्टा बितिसक्दा पनि जिल्ला छाडेका थिएनन्। 

आज दिउँसोमात्र उनी कार्यालयबाट बिदा भएका हुन्। एसपी मल्ल पुस ४ गते नै सरुवा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा सरुवा भएका थिए। उनीसहित २४ जना एसपीको एकैचोटी सरुवा भएको थियो। चितवन प्रहरी प्रमुखमा दानबहादुर मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाइएको छ। १३ दिन बितिसक्दा पनि उनले जिल्ला छाडेका थिएनन्।

उनलाई चितवनबाट हटाएर महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरण सरुवा गरिएको थियो।

एसपी मल्लले डिएसपी एकनारायण कोइरालालाई चार्ज बुझाउँदै बिदा भएका हुन्। मल्ल डिएसपी रहेका बेला तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुरक्षा गार्ड थिए। उनी अध्यक्ष दाहाल निकट प्रहरीका रुपमा चिँनिदै आएका छन्। 

सुरक्षा गार्डपछि उनलाई उपत्यकाको महत्वपूर्ण रुपमा हेरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गको नेतृत्व दिइएको थियो। त्यसपछि उनी एसपीमा बढुवा भए। एसपीमा बढुवा भएपछि उनले चितवन जिल्ला प्रहरी प्रमुखको नेतृत्व पाएका थिए।

बिहीवार पनि उनी अध्यक्ष दाहालको सुरक्षामा नै खटिएका थिए। चितवन अध्यक्ष प्रचण्डको चुनावी जिल्ला पनि हो।

सम्वन्धित समाचार

१२ घण्टापछि प्रचण्ड निकट चितवनका एसपी दानबहादुर चार्ज बुझाउँदै, प्रहरी कार्यालयमा बिदाईको तयारी

प्रचण्ड निकट चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन

प्रदेश प्रहरीले १२ घन्टाभित्र काठमाडौं जान भनेका एसपी मल्ल चितवनमै, प्रचण्डकै कार्यक्रममा सहभागी



ट्रेन्डिङ पोस्ट

Ncell