PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

१८ वर्षीया किशोरीलाई करणी गरेको आरोप लागेका रोहन हिरासतमा, कल रेकर्ड र भिडियोको आधारमा छानबिन



रिना थापा

१८ वर्षीया किशोरीलाई करणी गरेको आरोप लागेका रोहन हिरासतमा, कल रेकर्ड र भिडियोको आधारमा छानबिन
प्रतीकात्मक स्केच : रवीन्द्र मानन्धर

पोखरा : १८ वर्षीया किशोरीलाई करणी गरेको आरोप लागेका रोहन विक (नाम परिवर्तन) यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। प्रहरीमा समेत कार्यरत रोहन आइतवार स्वयं जिल्ला प्रहरी कार्यालय कास्की पुगेको प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिएका छन्।

रोहनविरुद्ध असार ३० गते १८ वर्षीया किशोरीमाथि करणी गरेको जाहेरी दर्ता भएको छ। बिहेको लागि १० दिन बिदा लिएका रोहन बिदा सकिएलगत्तै आइतवार दिउँसो प्रहरी कार्यालय आइपुगेका थिए। प्रहरी कार्यालय कास्कीले रोहनलाई हिरासतमा राखेर घटना सम्बन्धी छानबिन गरिरहेको छ।

सम्बन्धित समाचार : पटक पटक जबरजस्ती गर्भपतन, त्यसपछि प्रहरी श्रीमानको अर्को बिहे नआउँदै सानुले पछ्याइन् सेती खोंचको बाटो…

छानबिनका क्रममा किशोरीले आत्महत्या प्रयास गर्नु अगाडि रोहन र सानुबीच मोबाइलका कारण विवाद आएको थियो। त्यसअघि गतवर्ष मंसिर २८ गते सानु (नाम परिवर्तन) र रोहनले लिखित सम्झौता गरेर छुट्टिएका थिए।

सम्झौतामा रोहनले सानुले अन्य पुरुषसँग शारीरिक सम्बन्ध राखेकाले छुट्टिन चाहेको बताएका छन्। सम्झौतामा रोहनले आफूलाई सानुले परपुरुषसँग शारीरिक सम्बन्ध राखेको थाहा भएको र भिडियो समेत खिचेको बताएका छन्।

यता सानुकी आमाले उक्त भिडियो सानुलाई नशाको प्रयोग गरी खिचिएको बताएकी छिन्। रोहनले नशा दिई आफ्नै साथीसँग शारीरिक सम्बन्ध गराएको आमाको आरोप छ। त्यही खिचिएको भिडियो लिएर रोहनले सानुसँग छोडपत्र गर्ने सम्झौता गरेका थिए।

सम्झौता भएपनि उनीहरुबीच पुन सम्पर्क भइरहेको थियो। त्यसपछि पनि रोहन र सानु समयसमयमा भेटिरहन्थे। सानुले आत्महत्या प्रयास गर्नभन्दा केहि समय अगाडि रोहनले उनको मोबाइल फोन लिएका थिए। रोहनले उक्त फोन फिर्ता नगरेपछि सानुको आफ्नै आमा र दाइसँग फोनको विषयमा झगडा भएको थियो।

स्रोतका अनुसार सानुले आत्महत्या प्रयास गर्नु अगाडि रोहनलाई अरुको फोनबाट सम्पर्क गरेर मोबाइल फिर्ता मागेकी थिइन्। फोनसम्पर्कको कल रेकर्ड अहिले प्रहरीसँग उपलब्ध छ। कल रेकर्डमा सानुले फोन मागेपनि रोहनले फोन दिन नमानेको बुझिन्छ।

कल रेकर्डमा सानुले रोहनलाई आफू मर्ने चेतावनी दिएकी छन्। तर, रोहनले सानुलाई उल्टै ‘जा मर्’ भनेको सुनिन्छ।

जिल्ला प्रहरी कार्यालय कास्कीसँग अहिले उक्त कल रेकर्ड र भिडियो राखेर छानबिन गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell