PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

अलमुताइरीले राजीनामा दिएपछि नेम्बाङको प्रष्टीकरण : उहाँको र मेरो अहिलेसम्म हाइ हेल्लो त भएको छैन, दोषी भए एक मिनेट पदमा बस्दिन



पहिलोपोस्ट

अलमुताइरीले राजीनामा दिएपछि नेम्बाङको प्रष्टीकरण : उहाँको र मेरो अहिलेसम्म हाइ हेल्लो त भएको छैन, दोषी भए एक मिनेट पदमा बस्दिन

काठमाडौं : अखिल नेपाल फुटवल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङले आफ्ना कारणले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षकले राजीनामा दिएको भनाईको खण्डन गरेका छन्।

बिनाआधार मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूलाई दोष दिएर राजीनामा गरेको नेम्बाङको दाबी छ। आइतवार अलमुताइरीले नेम्बाङलाई आरोप लगाउँदै पदबाट राजिनामाको घोषणा गरेका थिए।

'फलानका कारणले यस्तो भयो। मुख्य प्रशिक्षक जस्तो व्यक्तिले त्यही संस्थाको उपाध्यक्षलाई आरोप लगाउनु कहाँसम्मको प्रोफेस्नालिज्म हो? के नियतले मलाई उहाँले आरोप लगाउदै हुनुहुन्छ? मैले तमाम फुटबल प्रेमीबाट गाली खानुपरिरहेको छ,' उनले भने।

राजीनामाका बारेमा आफूले राम्ररी बुझ्न नपाएको नेम्बाङले बताए। उनले महासचिवसँग आफूले कुरा गर्ने बताएका छन्।

उनले मुख्य प्रशिक्षकको राजीनामाले आफू आश्चार्य चकित भएको बताए। उनले आफूमाथि षड्यन्त्र भएको बताएका छन्। नेम्बाङले अध्यक्षलाई छानविनको लागि आफूले माग गरेको जानकारी दिए। आफू दोषी भए एन्फामा नबस्ने भन्दै नेम्बाङले भने, 'म दोषी पाइए एक मिनेट पनि एन्फामा बस्ने छैन। मैले गएको ३ हप्ता उहाँलाई काहाँनिर दु:ख दिएँ। म आफै आश्चार्य चकित छु। म अनप्रोफेश्नालिज्मका पछाडि लाग्दिन। उहाँले अनप्रोफेशनालिज्म देखाउनु भयो।'

अलमुताइरी र आफ्नो चिनजान समेत नभएको नेम्बाङको दाबी छ।

'उहाँ र मेरो आए देखि आएदेखि नै हाइ हाल्लो छैन्। मलाई पंकज नेम्बाङ भनी चिन्नु भएको पनि छैन। उहाँको र मेरो हलो हाइ पनि भएको छैन्,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell