PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

एन्फा कार्यकारी समितिको आपतकालीन बैठक आज, अलमुताइरी राजीनामा प्रकरण मुख्य एजेन्डा



पहिलोपोस्ट

एन्फा कार्यकारी समितिको आपतकालीन बैठक आज, अलमुताइरी राजीनामा प्रकरण मुख्य एजेन्डा
फाइल फोटो: एन्फा

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्याकारी समितीको आपतकालिन बैठक बस्दैछ। सातदोबाटो स्थित एन्फा मुख्यालयमा आज दिउँसो ४ बजेलाई समितिको बैठक बोलाइएको हो।

बैठकमा मुख्य दुई वटा विषयलाई मुख्य एजेन्डा बनाइएको  एन्फाका प्रवक्ता किरण राईले बताए। जसमा पहिलो प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रकरणको सन्दर्भमा र दोस्रो साफ फुटबल आयोजनाको सन्दर्भमा रहने छ। आधिकारिक राजीनामा नदिए पनि अलमुताइरी प्रकरणलाई बढी चासोका रुपमा हेरिएको छ।

साउन १० गते अमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले केही सातायता आफूलाई दु:ख दिएको कारण राजीनामा दिने बताएपछि सामाजिक सञ्जाल तरंगित बनेको थियो।

'प्रिय नेपाली फुटबल समर्थक। म आज एन्फा राजीनामाका लागि जाँदैछु। र, मेरो राजीनामाका कारण हुन् एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ,' नेम्बाङलाई मेन्सन गर्दै उनले लेखेका थिए,'मलाई लाग्छ अब तपाइ खुशी हुनुभयो होला।'

त्यस्तै, पंकजविक्रम नेम्बाङले आफूमाथिको आरोप पुष्टी गर्न चुनौती दिँदै छानविनको माग गरेका थिए। उनको भनाइ थियो: 'म दोषी पाइए एक मिनेट पनि एन्फामा बस्ने छैन। मैले गएको ३ हप्ता उहाँलाई काहाँनेर दु:ख दिएँ। म आफै चकित छु। म अनप्रोफेश्नालिज्मका पछाडि लाग्दिनँ। उहाँले अनप्रोफेसनालिजम देखाउनु भयो।'

नेम्बाङले आरोप लागेसँगै छानविनको माग गर्दै निवेदन दिएका थिए भने अलमुताइरीले पनि बिहीवार दुई सञ्चारकर्मी र वरिष्ठ उपाध्यक्षसँगको विवाद सम्बन्धमा छानविन गर्न भन्दै एन्फामा निवेदन दिएका थिए।

प्रशिक्षकको राजीनामा प्रकरणमा 'हस्तक्षेप' र 'मानहानी'को बहस, के एन्फाको राजनीतिक मैदानसम्मै पर्ला असर?

प्रशिक्षक अलमुताइरीले छानविनको माग गर्दै एन्फामा दिए निवेदन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell