PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सर्पे दमाईमाथि लछारपछार प्रकरण : सोधपुछका लागि दुबै पक्षलाई सदरमुकाम बोलाइयो



पी बी खड्का

सर्पे दमाईमाथि लछारपछार प्रकरण : सोधपुछका लागि दुबै पक्षलाई सदरमुकाम बोलाइयो

सुर्खेत : स्थानीय सर्पे दमाईमाथि कुटपिट प्रकरणमा जाजरकोट जुनिचाँदे गाउँपालिका २ मजकोटका वडाअध्यक्ष रामबहादुर नेपालीलाई जिल्ला प्रशासनले सोधपुछका लागि सदरमुकाम खलंगा बोलाइएको छ। त्यसैगरी पीडित सर्पेलाई पनि सदरमुकाम बोलाइएको छ।

साउन १५ गते वडा कार्यालयस्थित सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा स्थानीय युवा सर्पेले मदिरा सेवन गरेर होहल्ला गरेपछि उनलाई नियन्त्रणमा लिन यसो गरिएको वडाअध्यक्ष रामबहादुरे दाबी गरेका छन्। घटनालाई प्रहरीकै रोहबरमा मिलापत्र गरिसकेको थियो। यद्यपि कुटपिटको भिडियो बाहिरिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

'दुवै पक्षलाई सोधपुछका लागि सदरमुकाम बोलाइएको छ,' सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले भने, 'उनीहरु आज सदरमुकाम आइपुग्छन्।'

पीडितले जाहेरी दिन नमानेको उल्लेख गर्दै प्रशासनले छानबिन भने अघि बढाउने उनले बताए। 'पीडितले जाहेरी दिन मानिरहेको छैन, यद्यपि हामी कानून अनुसार वडाअध्यक्षमाथि छानविन गर्छौ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell