PahiloPost

May 15, 2024 | २ जेठ २०८१

कार्यदलको प्रतिवेदन र मन्त्री छनोटका लागि माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक



पहिलोपोस्ट

कार्यदलको प्रतिवेदन र मन्त्री छनोटका लागि माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं : सत्तारुढ दलहरुको कार्यदलले तयार पारेको प्रतिवेदनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ।

आज अपरान्ह चार बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।

संयुक्त सरकारको सत्ता संचालनका लागि न्युनतम साझा कार्यक्रम तय गर्दै तयार पारेको प्रतिवेदन आजै कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरुलाई बुझाएको छ।

शुक्रवार बालुवाटारमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई प्रतिवेदन बुझाइएको हो।

प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकता, नीति तथा कार्यक्रम, संघीयता कार्यान्वयन, अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति प्रक्रियाको पूर्णता, सामाजिक रुपान्तरण, राहत, पुनर्निमाण र पुनर्स्थापना, पर्यावरणीय सन्तुलन, सामाजिक रुपान्तरण लगायतका विषयलाई संयुक्त सरकारको मुख्य प्राथमिकताका रुपमा प्रस्तुत गरिएको छ।

प्रतिवेदन अध्ययनपछि शीर्ष नेताहरुले सार्वजनिक गर्ने कार्यदलका सदस्यसचिव केशवप्रसाद जोशीले बताए। १८ पृष्ठको लामो प्रतिवेदनमा सरकार सञ्चालनका मापदण्ड, मन्त्रीहरुको आचारसंहितासमेत उल्लेख गरिएको जोशीले बताए।

यसैबिच आज बस्ने बैठकमा मन्त्री छनोटको विषयमासमेत छलफल हुने बताइएको छ। यसअघि माओवादी केन्द्रले कार्यदलको प्रतिवेदनपछि मन्त्री छनोट गरिने जनाएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell