PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

दुई दशकपछि बार्सिलोनाबाट मेस्सीको बहिर्गमन : अबको यात्रा कता?



पहिलोपोस्ट

दुई दशकपछि बार्सिलोनाबाट मेस्सीको बहिर्गमन : अबको यात्रा कता?
Pau Barrena/AFP/Getty Images

अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सी यतिबेला आफ्नो आगामी क्लब छनोट गर्न स्वतन्त्र छन्। धेरै हप्ता भइसक्यो उनी 'फ्री एजेन्ट' भएको। र, यसपटक बार्सिलोना छाडेर अर्को क्लबमा जान उनलाई बाटो खुलेको छ।

यद्यपि, उनीसँग विकल्प थोरै छन्। मुख्य कुरा सबै क्लबहरुले उनको मागलाई धान्ने ल्याकत राख्दैनन्। बार्सिलोनाले उनीसँग क्याम्प नोउमै बस्नेगरी सहमति गराए पनि ला लिगाको खेलाडी दर्ता र वित्तिय नियमहरुका कारण मेस्सी बाहिरिने बार्सिलोनाले विज्ञप्ति नै निकालेर स्पस्ट पारिसकेको छ।

यस्तोमा मेस्सीका अघि दुई क्लब छन्: फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी।

त्यसबाहेक अमेरिकी लिग मेजर लिग सकर (एमएलएस) मा उनी पुग्ने सम्भावना पनि कायम नै छ।

सबैकुरा सामान्य रहेमा उनको सिटी जाने सम्भावन प्रवल देखिन्छ तर सिटीले भर्खरै ठूलो रकम खर्चिएर ज्याक ग्रिलिसलाई भित्र्याएको छ। त्यस्तै टोटेनहमका खेलाडी ह्यारी केनलाई भित्र्याउन पनि प्रयास गरिरहेको छ, भलै केनसँगको प्रक्रिया धेरै अघि बढेको छैन।

पीएसजीमा के चल्दैछ?

पीएसजीले यसअघि पनि मेस्सीलाई भित्र्याउन पटकपटक कोसिस गरेको थियो। खासगरी उनको बार्सिलोना व्यवस्थापनसँग सम्बन्ध खराब भएको बेलामा पनि भित्र्याउन प्रयास गरेको थियो। पछिल्लो समय पीएसजी फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेको करार लम्ब्याउन लागि परिरहँदा कसैलाई लागेको थिएन कि मेस्सीको पुरा भएजस्तो देखिएको अनुबन्धन फेरि भत्कने छ र उनी फ्री एजेन्टकै रुपमा रहनेछन्।

सम्बन्धित समाचार : बार्सिलोनाबाट बाहिरिए मेस्सी

पेरिसमा पनि सबैकुरा ठीक चलिरहेको छैन। मेस्सीलाई भित्र्याउन पीएसजीले आफ्ना अन्य खेलाडी बेच्न पर्ने हुन्छ।

फ्रान्समा अर्को 'इस्यु' भनेको करको हो। यसले पनि मेस्सी अनुबन्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

सिटीको जागेको चासो

मेस्सीलाई अनुबन्धित गर्न प्रयास गरेको अर्को क्लब हो म्यानचेस्टर सिटी। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ह्यारी केन र ज्याक ग्रिलिसलाई आक्रामक पंक्तिमा राख्ने योजना बनाइरहँदा मेस्सीले क्याम्प नाउ छाड्ने भएपछि योजनाहरु फेरिने देखिएको छ।

केनसँगको सम्झौता पुरा हुन धेरै प्रक्रिया बाँकी रहँदा प्रिमियर लिग च्याम्पियन सिटीको ध्यान फेरि मेस्सीमै पुगेको छ र योजनामा फेरबदल हुनसक्ने देखिएको छ।

एमएलस सायद भविष्यमा?

यसबाहेक अमेरिकाको एमएलएसको विकल्प मेस्सीसँग रहन्छ। बार्सिलोनासँगको समन्वयमा उनी एमएलएसमा जाने चर्चा पनि त्यतिकै चलेको थियो। यद्यपि, बार्सिलोनासँग ५ वर्षको करार गरेर २ वर्ष क्याम्प नाउमा रहने र बाँकी अवधि एमएलएसमा जाने भन्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा पनि आएका थिए।

बार्सिलोनामा ४ वटा युरोपियन च्याम्पियन्स लिग जिताएका मेस्सीले १० वटा ला लिगा, ७ वटा कोपा डेलरे, तीनवटा क्लब विश्वकप, तीनवटा युरोपियन सुपर कप र ८ वटा सुपरकोपाको उपाधि जिताएको थिए। उनले त्यसबिचमा ६ पटक बालोन डि ओरको उपाधि जित्न सफल भए। मेस्सीले बार्सिलोनाबाट १७ सिजन खेल्दै ७७८ खेलमा ६७२ गोल गर्न सफल भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell