PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

काबुल एयरपोर्ट बन्द, सेड्युलमा रहेका उडान अनिश्चित, विमानस्थलमा नै चल्यो गोली



पहिलोपोस्ट

काबुल एयरपोर्ट बन्द, सेड्युलमा रहेका उडान अनिश्चित, विमानस्थलमा नै चल्यो गोली
Photo: NDTV

अप्रत्यासित रुपमा हामिद कारजाई इन्टरनेसनल एयरपोर्ट बन्द भएपछि सेड्युलमा रहेका विभिन्न मुलुकका फ्लाइटहरु अनिश्चित भएका छन्। अफगानिस्तान नागरिक उड्ययन प्राधिकरणले सोमवार एउटा नोटम अर्थात् सूचना जारी गर्दै सर्वसाधारणका तर्फको काबुल एयरपोर्ट अर्को सूचना नआएसम्मका लागि बन्द भएको जनाएको हो। साथै एक अर्को सूचनामा काबुललाई ट्रान्जिट बनाउने विमानहरुलाई नआउन भनिएको छ। यससँगै अफगानिस्तानको काबुलमा उडान गर्दै आएका व्यवसायिक उडानहरु प्रभावित भएका छन्। 

नागरिक उड्ययन प्राधिकरणले यस्तो निर्देशन दिनुअघि अमेरिकी सेनाले आफ्ना कुटनीतिज्ञ, कर्मचारी र नागरिकलाई फिर्ता लैजानका लागि विमानस्थल नियन्त्रणमा लिएको थियो। विमानस्थलमा अमेरिकी सेनाले हवाई फायर गरेको पनि भिडियो सार्वजनिक भएको छ, सोसल मिडियाबाट। 

विमानस्थलमा अफगानिस्तान छोडेर जान चाहनेको भिड यसरी लागेको छ कि विमानस्थल क्षेत्र नियन्त्रणमा राख्न हम्मेहम्मे परेको छ। सोसल मिडियामा मानिसहरु अफगानिस्तान छोड्न कसरी भिडिरहेका छन् भन्ने भिडियो सार्वजनिक भइरहेको छ। 

विमानस्थलमा कम्तिमा पनि तीन जना मानिसको गोली लागेर मृत्यु भएको बताइएको छ। काबुल एयरपोर्टको प्यसेन्जर टर्मिनलमा गोली चल्दा उनीहरुको मृत्यु भएको हो। 

पाकिस्तान, इरान, ताजकिस्तान र उज्वेकिस्तानका नाका तथा सीमा क्षेत्रलाई तालिबानीले नियन्त्रणमा लिइसकेका छन्। त्यसैले अफगानिस्तानबाट बाहिरिनका लागि काबुल एयरपोर्टको विकल्प छैन। त्यसको असर त्यहाँको विमानस्थलमा देखिएको हो।

त्यसो त काबुलमा नियमित उडान गर्ने विमान कम्पनीहरु पनि सीमित नै थिए। टर्किस एयर, पाकिस्तान इन्टरनेसनल एयरलाइन्, फ्लाइ दुबई, इमिरे्ट्स, एयर इन्डियाले काबुल विमानस्थलबाट उडान गरिरहेका थिए। 

आजबाट औपचारिक बन्द गरिएको भए पनि हिजो पनि काबुलको आकाशमा घन्टौसम्म अन्तर्राष्ट्रिय एयरहरु होल्ड घुमिरहन बाध्य भएका थिए। अफगानिस्तानमा रहेका आफ्ना कर्मचारी, सुरक्षाकर्मी र नागरिकहरुलाई उद्धार गर्न विभिन्न मुलुकले सैनिक तथा व्यवसायिक उडानलाई तयारी अवस्थामा राखेका छन्।   

यो पनि हेर्नुस् :

अफगानिस्तान छाड्न चाहनेहरुको विमानस्थलमा भागदौड, काबुल विमानस्थलको 'रनवे'मै तछाडमछाड



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell