PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने



पहिलोपोस्ट

अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने

हेटौँडा : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने भएकी छिन्।

मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्य संसदीय दलको नेता चयन भएकी हुन्। दलको नेता बनेसँगै शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

पार्टी विभाजनको विपक्षमा उभिएकी शाक्यलाई मुख्यमन्त्री बनाउने गरि दलको नेता बनाईएको हो। शाक्यलाई मुख्यमन्त्री बनाउन एमाले वाग्मती प्रदेशको संसदीय दल एकमत रहेको बताइएको छ।

वाग्मती प्रदेशसभा सांसद राजेशकाजी शाक्यले अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको पुष्टि गर्दै पार्टी एकताको सन्देश दिन खोजेको बताए।

' यो त्यो समूह भन्ने छैन। सर्वसम्मत्तिमा यो निर्णय भएको हो। हामीले एकताको सन्देश दिन खोजेका हौं' उनले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell