PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

आर्सनल चेल्सीसँग पराजित



पहिलोपोस्ट

 आर्सनल चेल्सीसँग पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल चेल्सीसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनल चेल्सीसँग २-० ले पराजित भएको हो।

खेलको १५ औं मिनेटमै चेल्सीले अग्रता बनाएको थियो। गत सिजन इटालियन सिरि ए मा इन्टरमिलानलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेको बेल्जियन स्टार रोमेलु लुकाकु यो सिजन चेल्सीमा आबद्ध छन्। उनले नै खेलको १५ औं मिनेटमा चेल्सीलाई अग्रता दिलाए। त्यस्तै म्यासन माउन्टको पासमा रिस जेम्सले ३५ औं मिनेटमा गोल गर्दा चेल्सीले २-० को सहज जित निकालेको हो।

जारी सिजन चेल्सीको यो लगातार दोस्रो गोल हो भने आर्सनलको लगातार दोस्रो पराजय हो।

गएराति नै सम्पन्न अन्य खेलहरुमा म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग १-१ को बराबरीमा रोकिँदा टोटेनहम हट्सपरले वुल्भ्सलाई १-० ले हराएको थियो।

सम्बन्धित समाचार: लुकाकु फर्किनुको अर्थ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell