PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

एमाले नेता भीम आचार्यका भाइ घरभित्र मृत अवस्थामा भेटिए, नजिकै फेला पर्‍यो बिषको बट्टा



पहिलोपोस्ट

एमाले नेता भीम आचार्यका भाइ घरभित्र मृत अवस्थामा भेटिए, नजिकै फेला पर्‍यो बिषको बट्टा
प्रतीकात्मक फोटो।

काठमाडौं : एमाले नेता तथा आजैमात्र प्रदेश नम्बर १ को संसदीय दलका नेता चयन भएका भीम आचार्यका भाइ मृत अवस्थामा फेला परेका छन्।

भीमका भाइ राम आचार्य आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। सुनसरी इनरुवा ३ स्थित आफ्नै घरमा आज बिहान उनी मृतावस्थामा भेटिएका हुन्।

'अबेरसम्म पनि ढोका नखुलेपछि आफन्तले प्रहरीलाई खबर गर्नु भएको थियो,' सुनसरी जिल्लाका प्रहरी प्रमुख संजय थापाले घटनाबारे जानकारी दिए।

प्रहरी स्रोतका अनुसार उनको कोठा नजिकै विषादीको बट्टा फेला परेको छ। उनको कोठामा भित्रबाट चुकुल लगाइएको थियो। उनी ५९ वर्षका हुन्। एक तले घरमा उनी र श्रीमती मात्र बस्दै आएका थिए।

आजै रामका दाजु भीम आचार्य प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने तयारीमा छन्। उनी केहीबेर अघिमात्रै संसदीय दलको नेतामा चयन भएका हुन्। 

अपडेट : आचार्यले लिए सपथ

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्यले सपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष आचार्यले सपथ लिएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण कार्यक्रम आयोजना गरिएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell