PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

भीम आचार्यले लिए मुख्यमन्त्रीको सपथ, बने प्रदेशको दोस्रो मुख्यमन्त्री



पहिलोपोस्ट

भीम आचार्यले लिए मुख्यमन्त्रीको सपथ, बने प्रदेशको दोस्रो मुख्यमन्त्री

विराटनगर : प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष आचार्यले सपथ लिएका हुन्।

प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो।

केही समय अघिमात्रै मुख्यमन्त्री पदबाट शेरधन राईले राजीनामा दिएका थिए। लगत्तै आचार्यलाई नेकपा एमालेले संसदीय दलको नेता चयन गरेको थियो। संसदीय दलको नेतामा शेरधन राईले नै प्रस्ताव गरेका थिए। नेकपा एमालेका २४ सांसद उपस्थित थिए संसदीय दलको नेता चयनको समयमा। प्रदेश १ का उनी दोस्रो मुख्यमन्त्री हुन्।

आचार्यले मुख्यमन्त्रीमा सपथ लिइरहँदा उनका भाइ भने मृत अवस्थामा फेला परेका थिए। उनका भाइ राम आचार्य आफ्नै निवासमा मृत अवस्थामा भेटिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell