PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

हेटौडा-काठमाडौं सडक पुन: अवरुद्ध



पहिलोपोस्ट

हेटौडा-काठमाडौं सडक पुन: अवरुद्ध
File Photo : Surendra Raj Gosai

काठमाडौं : निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौडा-काठमाडौं जोड्ने छोटो दूरीको सडक फेरि अवरुद्ध भएको छ।

ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए। अहिले पनि पहिरो हटाउने क्रम जारी छ।

सम्बन्धित समाचार : सडक नबन्दा काठमाडौंबाट हेटौडा पुगेर प्रदेशसभामा भाग लिन सांसदहरुलाई सकस, यसरी संघीयता चल्छ?

प्रहरीका अनुसार लेदो माटोसहितको ठूलो पहिरो खसेको र वर्षा भइरेहको हुँदा पहिरो पन्छाउन समस्या भएको हो। यसअघि शुक्रबार र शनिबार पनि भीमफेदी गाउापालिका–६ देउराली नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। शनिबार साँझबाट उक्त सडक संचालन भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell