PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

फिल्म 'एक' को ट्रेलर सार्वजनिक, घटस्थापनामा रिलिज हुँदै



पहिलोपोस्ट

फिल्म 'एक' को ट्रेलर सार्वजनिक, घटस्थापनामा रिलिज हुँदै

काठमाडौं : मनोज पण्डितको निर्देशन रहेको फिल्म 'एक' ट्रेलर सार्वजनिक भएको छ। मधेश विखण्डनकारी शक्तिविरूद्धको संघर्षमा आधारित यस फिल्मको कथा पण्डितले नै लेखेका हुन्।

फिल्म एक गुप्तचर संस्थाको एक एजेन्टको संघर्षमा आधारित छ। ‘स्पाइ जनरा’को फिल्ममा एजेन्टको भूमिका विशाल पोखरेलले निभाएका छन् भने सहयोगी एजेन्टको भूमिकामा ज्योत्सना योगी देखिने छिन्। स्वतन्त्र मधेसको नारा बोक्ने पात्रको भूमिका प्रमोद अग्रहरिले निभाएका छन्।

साथै फिल्ममा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका अभिनय रहेको छ।

सम्बन्धित समाचार : 'एक' डिजिटल रिलिज हुने, 'कसैले त रिक्स लिएर सुरुवात गर्नुपर्‍यो नि'

नेपाललाई विदेशी चलखेल र हस्तक्षेपबाट जोगाउनुपर्छ भन्ने राष्ट्रिय सन्देश दिन फिल्म ‘एक’ निर्माण गरेको निर्देशक पण्डितले बताए।

आत्मा गुरागाईं र सोफिया थापाको लगानी रहेको फिल्ममा दीपक बज्राचार्यको छायाङ्कन रहेको छ। साथै प्रमोद खड्काको एक्सन र भरतमणी रेग्मीको सम्पादन रहको छ।

कोरोना भाइरस महामारीका कारण थला परेको सिनेमा उद्योगको विकल्प खोज्दै डिजिटल प्लेटफर्ममार्फत असोज २१ गते घटस्थापनाका दिन फिल्म रिलिज पण्डितले बताए। सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट तथा ओहो मूभिजबाट फिल्म प्रदर्शनमा आउने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell