PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

दार्चुला घटनाबारे बोल्यो भारत : ‘मिडिया रिपोर्ट देखेको हो, आधिकारिक जानकारी छैन’



पहिलोपोस्ट

दार्चुला घटनाबारे बोल्यो भारत : ‘मिडिया रिपोर्ट देखेको हो, आधिकारिक जानकारी छैन’

काठमाडौँः जयसिंह धामी प्रकरणबारे औपचारिक रुपमा कुनै पनि जानकारी नभएको प्रतिक्रिया भारतले दिएको छ। साउन १५ गते महाकाली नदीको तुइन पार गरेर दार्चुलाको खलङ्गा आउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काट्दा धामी बेपत्ता भएको आरोप स्थानीयको छ।

नेपाल सरकारले गठन गरेको छानबिन समितिले पनि घटनाबारे कूटनीतिक रुपमा भारतसँग कुरा गर्न सुझाव दिएको छ। तर, भारतले भने घटनाबारे औपचारिक रुपमा कुनै जानकारी नभएको जवाफ दिएको छ। नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्छीले आधिकारिक रुपमा घटनाबारे कुनै जानकारी नभएको बताए। 

प्रवक्ता बाग्छीले भने, ‘मैले मिडिया रिपोर्ट देखेको छु। समाचारबाट थाहा पाएको छु। तर यस विषयमा अरु केही जानकारी छैन। आधिकारिक रुपमा कुनै जानकारी छैन। नेपालले गरेको अनुसन्धानबारे पनि थाहा छैन।’

बिहीबारमात्र गृह मन्त्रालयले भने कारबाही र अनुसन्धान गर्न भारतलाई पत्राचार गर्न पत्र लेखेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell