काठमाडौं : सदगुरु जग्गी बासुदेवले आज वसन्तपुर दरबार क्षेत्रको भ्रमण गरेका छन्। कैलाश मानसरोबर यात्राका क्रममा नेपाल आएका उनी केही दिन अघिमात्रै काठमाडौं फर्किएका थिए।
सदगुरुले आज दरबार क्षेत्र, कुमारी घर लगायत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाहरुको अवलोकन गरेका थिए। त्यसक्रममा उनले मानव निर्मित सांस्कृतिक सम्पदा नै काठमाडौंको चिनारी रहेको बताएका थिए।
शनिवारमात्रै सदगुरुले काठमाडौंको परिवर्तित स्वरुपले आफूलाई चिन्तित बनाएको गुनासो गरेका थिए।
'काठमाडौं एउट छुट्टै संसार हो। धेरै भारतीय काठमाडौं आउन चाहन्छन्। तर, अहिले काठमाडौं सुकुम्बासी बस्तीजस्तै भएको छ। मानिसको जनघनत्व बढेको छ। काठमाडौं बाहिर सिटी बनाउनपर्छ। योजना बनाएर संरक्षण गरेर विकास गर्नुपर्छ,' उनले भनेका थिए।
सम्बन्धित समाचार : मानसरोबरबाट फर्केपछि सदगुरुको टिप्स : राजनीतिले विकास हुँदैन, व्यवसाय बढे हुन्छ