PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पूर्व प्रम ओली र एमसीसी उपाध्यक्ष बिच भेट, के फेरिएला धारणा?



पहिलोपोस्ट

पूर्व प्रम ओली र एमसीसी उपाध्यक्ष बिच भेट, के फेरिएला धारणा?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमर बिच भेटवार्ता भएको छ।

आज काठमाडौं आइपुगेकी सुमर र एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स बालकोट पुगेर ओलीसँग छलफल गरेका हुन्।

ओलीले प्रधानमन्त्री हुँदा एमसीसी पारित हुनुपर्ने बताएका थिए। तर, हाल विपक्षमा पुगेपछि उनले एमसीसीबारे आफ्नो धारणाबाट 'यु टर्न' लिएका छन्। त्यसैले पनि ओलीसँग एमसीसीका प्रतिनिधिको भेटलाई महत्वका साथ हेरिएको छ। एमसीसीको विषयलाई लिएर सडकदेखि सदनसम्म तातेको छ। यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी दलसमेत रहेको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीसँग हुने छलफलले विशेष अर्थ राख्छ।

सुमर नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवाका साथै अन्य राजनीतिक दलका नेताहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

एमसीसी परियोजना संसदबाट पारित गर्नुपर्ने सरकारलाई दबाव परेको बेला सुमरको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सुमर काठमाडौं आएसँगै राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ।

यो पनि पढ्नुस् :

एमसीसीमाथि ओलीको राजनीति : के राष्ट्रवादी देखिन लिँदैछन यू टर्न?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell