PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आज पनि 'कवड्डीको कोर्ट' जस्तै बन्यो संसद, हेर्नुस् घम्साघम्सी र नाराबाजी गर्दाका दृश्य

आज पनि 'कवड्डीको कोर्ट' जस्तै बन्यो संसद, हेर्नुस् घम्साघम्सी र नाराबाजी गर्दाका दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेका सांसदहरु कुनै पनि हालतमा संसद चल्न नदिने रणनीति सहित तयार अवस्थामा रहेकाले आज पनि बैठक सुरु हुनासाथ होहल्ला सुरु भइहाल्यो। यसअघि पनि लगातार एमाले सांसदको अवरोधका कारण बैठक बस्न सकेको थिएन।

अस्तिजस्तै आजको संसद बैठक पनि कवड्डीको कोर्टजस्तै देखियो। ठेलमठेल र नाराबाजीमा १७ मिनेट सकिएपछि सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे। 

त्यसअघि एमाले सांसदहरु कुर्सीबाट उत्रेर सभामुखको पोडियमतिर हान्निँदै गएका थिए। सांसदहरु कवड्डी शैलीमा उत्रिँदा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बसिरहेका थिए। मर्यादा पालकहरु एमाले सांसदबाट हुनसक्ने गतिविधिबाट अभ्यस्त थिए।

त्यसैले उनीहरुले सुरुदेखि नै सुरक्षा चेन बनाइसकेका थिए। महेश बस्नेत, गोकुल बास्कोटा, प्रदीप ज्ञवाली, विशाल भट्टराई, निरु पाल, डिल्लीकुमारी महतो लगायतका सांसदहरु सबैभन्दा अगाडि थिए जसलाई रोक्न मर्यादा पालकहरुलाई हम्मेहम्मे परेको थियो। 

१५ मिनेटपछि पनि संसद सहज अवस्थामा चल्ने स्थिति थिएन। त्यसैले १५ मिनेटपछि सुरु भएको बैठकमा पनि पुन: दोहरिरह्यो उही शैली- नाराबाजी र ठेलमठेल। 

यो पनि पढ्नुस् :

सुरु हुन नपाउँदै नेकपा एमालेका सांसदको संसदमा विरोध, चल्यो नाराबाजी



ट्रेन्डिङ पोस्ट

Ncell