PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

अर्थमन्त्री शर्माको 'र्‍यापिड फायर' शैलीमा प्रतिस्थापन बजेट भाषण, त्यसलाई रोक्न एमाले सांसदको 'न्वारनदेखिको बल'



पहिलोपोस्ट

अर्थमन्त्री शर्माको 'र्‍यापिड फायर' शैलीमा प्रतिस्थापन बजेट भाषण, त्यसलाई रोक्न एमाले सांसदको 'न्वारनदेखिको बल'

काठमाडौं : नेकपा एमालेको कडा अवरोधका बावजुद अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा प्रतिस्थापन विधेयक मार्फत् नयाँ बजेट प्रस्तुत गरेका छन्।

केपी शर्मा ओलीको सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन हुने विधेयक शर्माले पेश गरेका हुन्। त्यसअघि उनले राष्ट्र ऋण उठाउने अध्यादेश, आर्थिक अध्यादेश पेश गरेका थिए। आजै एमालेका सांसदहरुले पहिलो, दोस्रो र तेस्रो बैठकमा नारावाजी गरेका थिए।

उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर सदनलाई अवरोध गरिरहेको छ।

दोस्रो, बैठकमा अवरोधलाई छिचोल्दै दौडिएर रोष्टममा पुगेका शर्मा तेस्रो बैठमा भने बैठक सुरु भएसँगै रोष्टममै देखिएका थिए। दोस्रो बैठमा शर्मा दौडिएर रोस्टम पुगेको दृश्य रोचक देखिएको थियो। शर्माले भाषण गरिरहेका बेला एमालेका सांसदहरुले भने रोष्टममै पुग्ने कोसिस गरिरहेका थिए।जगार युवालाई सार्वजनिक सेवामा युवालाई हभागि गरिने बताए।

शर्माले विधेयकलाई 'स्वस्थानी पाठ' गरेको शैलीमा तीब्र गतिमा पढेका थिए। अरु अर्थमन्त्रीहरुले बजेट भाषणलाई बिस्तारै पढेर प्रस्तुत गर्ने गरेको भए पनि शर्माले भने विरोधका बिच द्रुत गतिमा भाषण गरेका थिए। उनले संसदमा भाषण गरिरहा एमालेले भने रोष्टम अगाडिको खाली ठाउँमा मर्यादा पालकसँगको घम्साघम्सी गरिरहेका थिए। कतिपय सांसद अरु माथि उक्लिएरै अर्थमन्त्रीलाई रोक्ने प्रयासमा लागेका थिए। उनीहरुले न्वारनदेखिको बल लगाएर गरेको प्रयासलाई मर्यादापालकले असफल गराएका थिए।

सम्बन्धित समाचार

अर्थमन्त्री शर्माको संसदभित्रै 'गुरिल्ला शैली', एकातिर घम्साघम्सी, अर्कातिरबाट दौडिँदै गरे 'मिसन' पूरा 

आज पनि 'कवड्डीको कोर्ट' जस्तै बन्यो संसद, हेर्नुस् घम्साघम्सी र नाराबाजी गर्दाका दृश्य

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell