A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699a97ee624151.42814638): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699a97ee624151.42814638,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699a97ee6279e6.07558080): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699a97ee6279e6.07558080,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

'तोरी खायो मौरीले' भन्दा मौरीपालक महासंघको आपत्ति बारे के भन्छन् गीतका रचनाकार?
PahiloPost

Feb 22, 2026 | १० फागुन २०८२

'तोरी खायो मौरीले' भन्दा मौरीपालक महासंघको आपत्ति बारे के भन्छन् गीतका रचनाकार?



लक्ष्मी बलायर

'तोरी खायो मौरीले' भन्दा मौरीपालक महासंघको आपत्ति बारे के भन्छन् गीतका रचनाकार?

काठमाडौं : १८ असार शुभारम्भ डिजिटल म्यूजिकको युट्युब च्यानलमा 'लरी लरी लै-२ 'हान्छु तिमीलाई लौरीले' बोलको गीत सार्वजनिक भयो। उक्त तीज गीतमा खेम सेन्चुरी र गायिका कमला घिमिरेले स्वर दिएका छन्। उक्त गीत युट्युबमा रुचाइयो पनि।

तर साढे दुई महिनापछि उक्त गीतमा प्रयोग भएको ‘तोरी खायो मौरीले’ शब्दप्रति नेपाल मौरीपालक महासंघले आपत्ति जनाइएको छ। महासंघले विज्ञप्ति जारी गरी उक्त शब्दले मौरीपालक किसानलाई दुखितसँगै अन्यौलता सिर्जना गरेको दाबी गरेको छ।

मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन तोरी खायो भनेर गलत सन्देश दिएको र गीतमा पागल तथा बहुलठीपन प्रयोग भएकोले गीत बन्द गर्न समेत महासंघले माग गरेको छ।

यस गीतको शब्द नेत्र अर्यालले लेखेका हुन्। मौरीपालक महासंघले जारी गरेको विज्ञप्ति हेरेपछि आफूलाई आश्चर्य लागेको बताउँछन् नेत्र अर्याल।

भन्छन् 'मैले बिम्बको रुपमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग गरेको हुँ। तोरी र मौरीको सम्बन्ध जुन खालको हुन्छ। जसरी मौरीले तोरी लगायत अन्य फलफूलबाट मेहेनत गरेर गुलियो मह बनाउँछ। त्यसरी नै नानीबाबुहरुले पनि मेहेनत गरेर पढ्नुपर्छ भन्ने शब्दको अर्थ हो। बालबालिकालाई पढ्न उत्प्रेरणा दिने उद्देश्यले गीत सिर्जना गरेका हौँ। खै उहाँहरुले कसरी बुझ्नु भयो?'

विज्ञप्तिमा गीतप्रति लक्षित गर्दै प्रयोग भएका 'पागल तथा बहुलठीपन' शब्द प्रति पनि उनले आप्पति जनाए।

भने,'संस्थागत रुपमा विज्ञप्ति निकाल्दा त्यस्ता शब्दहरु प्रयोग गरिँदैन होला। सायद उहाँहरुलाई गीतसंगीतको बारेमा राम्रो ज्ञान छैन होला। उहाँहरुले सर्जकहरुको मनोबल गिराउने शब्दहरु प्रयोग गर्नु भएको छ। जुन कुराले म निकै दु:खी छु।'

महासंघले गीत बन्द गर्न समेत माग गरेको छ। तर अर्याले भने लाखौँ खर्च गरेको गीत नहटाउने बताए। साथै विज्ञप्ति जारी गर्नुभन्दा अघि आफूहरुसँग सल्लाह गरेको भए राम्रो हुने उनको तर्क छ। यो विवादको विषय नै नभएको उनको भनाई छ।

'उहाँहरुले विषयमा धेरै टिप्पणि गर्नुपर्छ जस्तो लाग्दैन। उहाँहरुले गीत रिलिज भएको साढे दुई महिनापछि कुन उद्देश्यले आप्पति जनाएको भन्ने नै प्रष्ट भएन्। उनले भने, 'यो गीतले कहाँनिर उहाँहरुको मह उत्पादनमा कमी ल्यायो भनेर म बुझीरहेको छैन। यो संस्थागत रुपमा सर्जकप्रति अपमानजनक व्यवहार छ। जुन निकै खेदपुर्ण छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell