PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

विराटनगर जान लागेका दुई पुरुषको लगेजमा भेटियो तीन किलोभन्दा बढी सुन,प्रमाण नभएपछि समातिए



पहिलोपोस्ट

विराटनगर जान लागेका दुई पुरुषको लगेजमा भेटियो तीन किलोभन्दा बढी सुन,प्रमाण नभएपछि समातिए

काठमाडौंः त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षमा तीन किलोभन्दा बढी सुनसहित दुई जना पक्राउ परेका छन्।

श्री एयरलाइन्सको विमानबाट विराटनगर जान लागेका दुई पुरुषको लजेग चेक गर्दा तीन किलो ३६० ग्राम सुनका गरगहना फेला परेको हो। पक्राउ पर्नेमा धनुषा घर भएका ४७ वर्षीय मुरारीराज अधिकारी र कैलालीका २९ वर्षीय बोधराज भण्डारी रहेका छन्।

'उनीहरुले सुन वैध तरिकाबाट कारोबार भएको यथेष्ठ प्रमाण जुटाउन सकेनन्। त्यसरी ठूलो परिमाणमा लगेको देखिएपछि नियन्त्रणमा लिएका हौं,' विमानस्थलका सुरक्षा प्रमुख राजेश बाँस्तोलाले भने।

चार किलो सुन सहजै छिरेपछि काठमाडौं विमानस्थलको सुरक्षामा प्रश्न

उनीहरुले न्यूरोडको इशा ज्वलर्सबाट सुन किनेको भन्ने बिल देखाएका थिए। बिलमा २ करोड २४ लाख रुपैयाँ भन्दाबढीमा किनिएको देखिएको छ।

प्रहरीले एक साताअघि झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङका २६ वर्षीय बुद्धिमान खातीलाई चार किलो सुनसहित बाँकेबाट पक्राउ गरेको थियो। उनीहरुले लगाएको जुत्ताबाट सुन फेला पारेको थियो। उनीहरु दिउँसो २ बजेतिर श्री एयरलाइन्सको विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानबाट नेपालगन्ज पुगेका थिए। उनीहरुले पनि सुन किनेको बिल देखाएका थिए।

विमानस्थलबाटै अवैध सुन एक ठाउँबाट अर्को ठाउँमा लगिएको सूचना बाहिरिएकपछि प्रहरीले सुरक्षा बढाएको थियो।

अघिल्लो प्रकरणमा विमानस्थल प्रहरीले एसपी नान्तिराज गुरुङको नेतृत्वमा चार जनाको छानबिन समिति गठन गरेको थियो। समितिले अहिले पनि अनुसन्धान गरिरहेको एसएसपी बाँस्तोलाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell