PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

सरकारले दिएको पदक अस्वीकार गर्न न्यायाधीशलाई सर्वोच्च बारको आग्रह



पहिलोपोस्ट

सरकारले दिएको पदक अस्वीकार गर्न न्यायाधीशलाई सर्वोच्च बारको आग्रह

काठमाडौंः सर्वोच्च अदालत बार एशोसिएशनले संविधान दिवसका अवसरमा न्यायाधीशहरुलाई प्रदान गरिएको विभूषण अस्वीकार गर्न आग्रह गरेको छ । सचिव ऋषिराम घिमिरेले विज्ञप्ति जारी गर्दै विभूषण अस्वीकार गर्न न्यायाधीशहरुलाई आग्रह गरेको हो । 

संविधान दिवसका अवसरमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा, न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी लगायतलाई पदकको सिफारिस भएको थियो। 

विज्ञप्तिमा बारले सरकारका काम कारबाहीलाई न्यायिक पुनरावलोकन समेतको जिम्मेवारी न्यायाधीशमा हुने हुँदा मान पदवीको सिफारिसले मुद्दामा समेत प्रभाव पर्ने उल्लेख गरेको छ। साथै आगामी दिनमा यस्ता पदवी न्यायाधीशलाई सिफारिस नगर्न पनि बारले सरकारलाई आग्रह गरेको छ। 

सम्बन्धित समाचार ः प्रचण्डपत्नी सीतादेखि माधव नेपालका बुवालाई विभूषण, देउवा निकट दर्जन कांग्रेसी पत्रकारलाई जनसेवाश्री



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell