काठमाडौं : नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बानेश्वरको बुद्धनगरस्थित क्वालिटी बैङ्क्वेटमा जारी केन्द्रीय कमिटीको बैठकमा ७ एजेण्डामा छलफल हुने प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।
बैठक अघि संचारकर्मीलाई प्रतिक्रिया दिँदै एकीकृत समाजवादीका नेता विरोध खतिवडाले केहीदिन भित्रै प्रदेश नम्बर १ र वाग्मतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताए।
'एक दुई दिनभित्र वागमती र प्रदेश १ मा अविश्वासको प्रस्ताव आउछ। १०/१५ दिनका लागि मन्त्री बन्ने र बनाउने कस्ता हुन् ? यो सत्ता लिप्सा नभए के हो ? मूख्यमन्त्रीले राजKनामा दिएर नैतिकता देखाउने त कल्पना पनि गर्न सकिन्न'उनले भने।
.jpg)
पहिलो बैठकमा सहभागी हुन पुगेकी नेतृ रामकुमारी झाक्रीले बैठकले पार्टी कस्तो हुनेछ भन्ने संकेत गर्ने बताइन्। उनले पनि एमाले नेतृत्वको सरकार रहेको प्रदेश नयाँ सरकार हुने बताइन्।
'नेकपा एमालेका सबै ठाँउका सरकार अल्पमतमा परिसकेको छ। अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढछ' उनले भनिन्।
बैठक अघि पार्टीमा प्रवेश गर्नेहरुलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए।
सम्बन्धित समाचार : नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी विस्तार गर्दै, ७ एजेण्डामा छलफल गर्न जुटे नेता
.jpg)
