PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

इन्द्रजात्राको अन्तिम दिन : राष्ट्रपतिपछि पूर्व राजा ज्ञानेन्द्र पुगे कुमारी घर

इन्द्रजात्राको अन्तिम दिन : राष्ट्रपतिपछि पूर्व राजा ज्ञानेन्द्र पुगे कुमारी घर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : यँया: (इन्द्रजात्रा) को अन्तिम दिन पूर्व राजा ज्ञानेन्द्र शाह वसन्तपुरस्थित कुमारी घर पुगेका छन्। जिवित देवी कुमारीको दर्शन गर्न उनी कुमारी घर पुगेका हुन्।

पूर्व राजा शाह कुमारी घर पुगेको बेला राजतन्त्र समर्थकहरुको वसन्तपुरमा भिड लागेको थियो। राजतन्त्र भएको बेला राजा इन्द्रजात्रा (चतुर्दशी) का दिन गद्दी बैठकमा रथयात्रा हेर्न पुग्थे भने अन्तिम दिन कुमारीको दर्शन गर्न कुमारी घर पुग्थे। गणतन्त्र स्थापनापछि राष्ट्रपति इन्द्रजात्राको दिन गद्दी बैठकमा र जात्राको अन्तिम दिन कुमारी घर पुग्ने गर्छन्।

पूर्व राजा ज्ञानेन्द्र शाह भने राजतन्त्रको अन्त्यपछि पनि इन्द्रजात्राको अन्तिम दिन कुमारीको दर्शन गर्न कुमारी घर पुग्ने गर्छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारी कुमारी घर पुगेर फर्किएपछि ज्ञानेन्द्र शाह कुमारी घर पुगेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell