PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

कौसी थिएटरमा आजबाट फेरि मञ्चन हुँदै 'हरेक बबाल कुरा'



पहिलोपोस्ट

कौसी थिएटरमा आजबाट फेरि मञ्चन हुँदै 'हरेक बबाल कुरा'
Photo : Katha Ghera

काठमाडौं: नाटक 'हरेक बबाल कुरा' आजबाट फेरि मञ्चन हुने भएको छ। असोज १५ गतेदेखि २० गतेसम्म नाटक पुन: कौसी थिएटरमा मञ्चन हुनेछ।

यसअघि यो नाटक भदौ २५ देखि असोज १ गतेसम्म सिमित दर्शकबिच मञ्चन भएको थियो। धेरै जनाले नाटक हेर्न नपाएको गुनासोको सम्बोधन गर्दैँ पुन: नाटक देखाउने योजना बनाएको कथाघेराले जानकारी दिएको छ। साथै नाटकबाट धेरै राम्रो प्रतिक्रिया आएको निर्देशक आंकाक्षा कार्कीले बताइन्।

‘हरेक बबाल कुरा’ एकल नाटक हो। जसमा कलाकार सुदाम सिके एकजना मात्रै पात्र छन्। डंकन म्याकमिलन र जोनी डोनाहीको नाटक ‘एभरी ब्रिलियन्ट थिंग’लाई नेपाली भाषामा आंकाक्षा कार्की र क्षितिज पराजुलीले अनुवाद गरेका हुन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell