काठमाडौं : नेपाली कांग्रेस काठमाडौंको टोखा नगर सभापतिमा ओमकृष्ण विमली विजयी भएका छन्। शनिवार सम्पन्न नगर अधिवेशनमा विमलीले ११७ मत प्राप्त गरे। विमली भीमसेनदास प्रधान निकट नेता हुन्।
प्रकाशमान सिंह - गगन थापा टिमबाट उम्मेद्वार बनेका दिपकराज जोशीले १०६ मत पाए।
उपसभापतिमा ऋषिराम अर्याल र मनराज अधिकारी विजयी भए। नगर सचिवमा द्वारिका कुइकेल र नरेन्द्र बानियाँ निर्वाचित बने। बानियाँ जोशी टिमबाट चुनाव लडेका थिए।
सह- सचिवमा विजेन्द्र श्रेष्ठ र रीता प्रजापति श्रेष्ठ विजयी भए। पदाधिकारीमा बानियाँबाहेक सबै विमली टिमको निर्वाचित भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।
कांग्रेस महाधिवेशन : कागेश्वरी मनोहराको सभापतिमा देउवा निकट उद्धव दाहाल विजयी
कांग्रेस महाधिवेशन : शंखरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठ प्यानलसहित विजयी
कांग्रेसको तारकेश्वर नगरपालिका सभापतिमा कृष्णहरि महर्जन निर्वाचित
कांग्रेसको बुढानिलकण्ठ नगरपालिका सभापतिमा राजाराम बुढाथोकी निर्वाचित
गोकर्णेश्वर नगरको कांग्रेस सभापतिमा कुमार लामा विजयी
टोखा नगरको कांग्रेस सभापतिमा ओमकृष्ण विमली विजयी