काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले दूतावासका कर्मचारीहरुसँग दशैं मनाएका छन्। बेरीले आफ्नो निवासमा नेपाली र अमेरिकी सहकर्मीहरुसँग दशैंको शुभकामना आदानप्रदान गरेका हुन्।
बेरीले ट्वीटरमा दशैंको अवसरमा चङ्गा उडाउँदै गरेको तस्विर सेयर गरेका छन्। उनले सबैलाई दशैंको शुभकामना दिँदै आफूहरुले निकै रमाइलो गरेर दशैं मनाएको बताएका छन्।

गत वर्ष बेरीले घरमै खसीको मासु बनाएर दशैं मनाएको भिडियो सेयर गरेका थिए।
बेरी ट्वीटरमा निकै सक्रिय छन्। उनले नेपालका विभिन्न ठाउँ घुमेको र चाडपर्वको सहभागी भएको तस्विर साझा गरिरहेका हुन्छन्।
