PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

गोरखाबाट तीन दिनका लागि बुंगमती आउँदै मनकामना माई, केबलकार दुई दिन बन्द



पहिलोपोस्ट

गोरखाबाट तीन दिनका लागि बुंगमती आउँदै मनकामना माई, केबलकार दुई दिन बन्द

काठमाडौं : मनकामना देवी बुंगमतीमा आउने भएकोले गोरखामा रहेको मन्दिर बन्द गरिने भएको छ। गोरखामा मन्दिर बन्द रहने समयमा बुंगमतीमा आज आजु अजि (मनकामना माई) जात्रा हुने गर्छ।

महानवमीको रात मनकामना अजिमा र आजु (मनकामनाका श्रीमान) लाई मन्दिरबाट निकालेपछि सुरु हुने यो जात्रा एकादशीमा सकिने गर्छ। विजयादशमीको दिन दिनभर पूजा गरेपछि राति हनुमान जात्रा गरिन्छ र एकादशीको दिन मनकामना अजिमा र आजुलाई खटमा राखेर नगर परिक्रमा गराइ जात्रा सम्पन्न गर्ने गरिन्छ।

यी तीन दिन गोरखामा रहेकी मनकामना देवी बुंगमतीमा आउने जनविश्वास रहेको छ। मनकामना देवी बुंगमती आउने भएकोले गोरखामा रहेको मनकामना मन्दिर तीन दिन बन्द हुनेगर्छ।

त्यसैले महाअष्टमी र विजया दशमीका दिन मनकामना मन्दिर बन्द गरिनुका साथै केबल कार पनि बन्द गरिने भएको छ।

बुंगद्य: (रातो मछिन्द्रनाथ) नेपालमा आएदेखि यो जात्रा संचालनमा रहेको स्थानीय बताउँछन्।

केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित संचालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell