PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

अमेरिकी राजदूत र युएस एड मिसनका नेपाल निर्देशकले सँगै लगाए विजयादशमीको टीका



पहिलोपोस्ट

अमेरिकी राजदूत र युएस एड मिसनका नेपाल निर्देशकले सँगै लगाए विजयादशमीको टीका
तस्विर : अमेरिकी दूतावास

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले परिवार र दूतावासका सहकर्मीहरुसँग विजयादशमी मनाएका छन्। राजदूत बेरीसँगै युएड एड मिसन नेपालका निर्देशक शेपीदेह केभानसदले पनि टीका लगाउँदै दशैंको शुभकामना आदान प्रदान गरेका हुन्। त्यसक्रममा मिसनका सदस्य र उनीहरुका परिवारहरुले समेत टीका लगाएका थिए।

अमेरिकी राजदूत बेरी टीका लगाउँदै।


त्यसक्रममा राजदूत बेरीले दूतावास र मिसनका सहकर्मीहरुलाई टीका लगाइदिएका थिए।

युएस एड मिसनकी नेपाल निर्देशक शेपीदेह केभानसद टीका ग्रहण लगाउँदै।


बेरीले एक भिडियो सन्देश जारी गर्दै दशैं आफूलाई सबैभन्दा बढी मनपर्ने बेला भएको भन्दै विजयादशमीको अवसरमा सबै नेपालीमा शुभकामना समेत व्यक्त गरेका छन्।

यो पनि पढ्नुस् : चिनियाँ राजदूतले दूतावासमा मनाइन् विजयादशमी, सहकर्मीलाई लगाइदिइन् टीका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell