PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

प्रधानन्यायाधीशले बोलाएको फूलकोर्ट बहिस्कार गर्ने न्यायाधीशहरुको तयारी



पहिलोपोस्ट

प्रधानन्यायाधीशले बोलाएको फूलकोर्ट बहिस्कार गर्ने न्यायाधीशहरुको तयारी

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फूलकोर्ट बैठक बहिस्कार गर्ने परामर्शमा न्यायाधीशहरु जुटेका छन्। आइतबार अपराह्न न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा केही न्यायाधीशबीच परामर्श भएको छ। तर सोमबार पनि छलफल गर्ने उनीहरुको तयारी छ।

कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरि फुयाल लगायतले परामर्श गरेका हुन्। 

प्रधानन्यायाधीश जबराले सोमबार नेपाल बार एशोसिएशन र सर्वोच्‍च अदालत बार एशोसिएशनका पदाधिकारीसहित फूलकोर्ट बोलाएका थिए। फूलकोर्टकै समयमा पर्नेगरि न्यायाधीशहरुले छलफल गर्ने रणनीति बनाएका हुन्। 

हाल न्यायाधीशहरु ईश्वर खतिवडा, सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा भने बिदामा रहेका छन्। 

मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग खोजेको सन्दर्भमा हाल सर्वोच्चभित्र जबराको आलोचना भइरहेको छ।

आजै नेपाल बार एशोसिएशनले जबरालाई भेटेर यस विषयमा छलफल गरेको थियो। त्यसक्रममा जबराले भोलि फूलकोर्ट बोलाउने बताएका थिए।

सम्बन्धित समाचार : बारका पदाधिकारीको प्रधान न्यायाधीश राणासँग भेट : भोलि बार सहित 'फूल कोर्ट' बस्ने, राजीनामाको कुरै उठेन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell