PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सर्वोच्चमा केही वकिल उत्रिए सेतो पट्टी बाँधेर



सर्वोच्चमा केही वकिल उत्रिए सेतो पट्टी बाँधेर

काठमाडौं : नेपाल बार एसोसिएसनले कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडि विरोध गर्दा केही वकिल भने सेतोपट्टी बाँधेर बार अगाडि उत्रिएका छन्। कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग्दै आजबाट आन्दोलन थालेका हुन्।

'बाजे वकिल' को नामबाट चिनिएका कृष्णप्रसाद भण्डारी, पूर्वसभामुखसमेत रहेका दमननाथ ढुंगानालगायत कालोपट्टी बाँधेर विरोधमा उत्रँदा भूमिनन्द ढकाल, स्वागत नेपाललगायत भने बार परिसरमा सेतो पट्टी लगाएर उभिएका थिए। उनीहरुले सर्वोच्चमा इजलासले निरन्तरता पाउनुपर्ने माग गर्दै आएको छ। यही विवादमा वकिल ढकाल शुक्रवार बार परिसरमा विराट न्यौपानेसँग कुटाकुटमा उत्रिएका थिए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell