काठमाडौं : नेकपा एमालेले आफूबाट फुटेर गएको नेकपा एकीकृत समाजवालीलाई अवैधानिक पार्टीको संज्ञा दिइएको छ। पार्टीको दशौं महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई अवैधानिक पार्टी भनेका हुन्।
महाधिवेशनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीललाई निम्तोको बारेमा सोधिएको प्रश्नमा योगेशले समाजवादीलाई निमन्त्रणा नहुने बताएका हुन्।
'कतिपय राजनीतिक दलको पहिचान स्पष्ट छैन। अवैध तरिकाबाट बनेका पार्टी छन्। अवैधानिक सम्बन्धबाट बनेका पार्टीलाई सहभागि गराइरहनु पर्दैन। अरु राजनीतिक दलहरु सहभागी हुन्छन' उनले भने।
सम्बन्धित समाचार : सरकारले स्थायित्व धराशायी बनाएको एमालेको आरोप, तीनै तहको चुनावमा गइहाल्नुपर्ने माग
भट्टराईले प्रदेशबाट एमाले सरकार सबै हट्नुको कारण पनि अवैधानिक गतिविधि रहेको बताए। एमालेले यो धक्कालाई महाधिवेशनबाट जवाफ दिने उनको मत थियो।
'केहि अवैधानिक गतिविधिहरु भएका कारण हामी सबै प्रदेशको सरकारबाट बाहिरिएका छौ। यो धक्कालाई माहाधिवेशनबाट शक्तिका रुपमा बदल्दै नेकपा एमालेलेलाई सबै तहमा एक नम्बरमा स्थापित गर्छौं। फेरि एमाले सत्तामा जान्छ' उनले भने।
