PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

छठी माईको पूजाका लागि सजियो वीरगंजको घडिअर्वा पोखरी : दृश्यमा छठको उल्लास

छठी माईको पूजाका लागि सजियो वीरगंजको घडिअर्वा पोखरी : दृश्यमा छठको उल्लास

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : तराई-मधेशको मुख्य पर्व छठ वीरगंजमा धुमधामका साथ मनाइँदै छ। प्रदेश २ कै मुख्य छठ घाटको रुपमा वीरगंजका विभिन्न छठघाट प्रसिद्ध छन्। यसपटक पनि वीरगंजमा उल्लासमय वातावरणमा छठको अवसरमा घडिअर्वा पोखरी, स्विमिङ्पुल,  आदर्शनगर, मुर्ली, नगवा, लक्षुमानवा, पिपरा, रानीघाट, सुसुखचैना, पटेलनगर, जगरनाथपुर, मनियारी, भवानीपुर, पिपरालगायत बारा, पर्साका विभिन्न छठघाटहरु दुलही झै सजाइएको छ।

नहाये खाएके र खरनापछि तेस्रो दिन सझिया घाटे र पारन अर्थात विहनिया घाटे गरी चार दिनको यो पर्व हुन्छ। बुधवार सझिया घाटे हो। अस्ताउँदो सूर्यलाई अर्घ दिएर सझिया घाटे मनाइन्छ भने उदाउँदो सूर्यलाई लाई अर्घ दिएर पारन गरिन्छ।

विभिन्न खोला, पोखरी वा तलाउमा पण्डाल र बत्ती बालेर झिलीमिली पारिएको छ। आकर्षित ढंगले बनाइएको छठ घाटमा व्रतालु तथा तिनका परिवारजनले छठी माईको पूजा आराधना गरी सझिया घाटेको विधि पूरा गरेका छन।

भाकल गरेका व्रतालुहरुले कोशी भर्ने गर्छ। घरपरिवारमा सुख, शान्ति, समृद्धि, पुत्र लाभ र चर्म रोगबाट मुक्ति पाइने जनविश्वासका साथ यो पर्व मनाइन्छ। वीरगंजको घडिअर्वा पोखरीलाई करिब साढे १४ लाख खर्चमा सजाइएको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेम साह कानुले बताए।

त्यसैगरी,अघिअर्वामा करिब सझिया घाटे र विहनीया घाटेमा गरी करिब डेढ लाख व्रतालु र दर्शनार्थी घडिअर्वा पोखरीको अवलोकन गर्ने अनुमान रहेको छ। घडिअर्वा पोखरीको चार वटा मुल गेटमा ८ वटा सिसिटिभी क्यामेराले निगारनी गरिन्छ भन्ने करिब पोखरी परिसर भित्र ६० जना नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी सुरक्षाकर्मी र ६० जना स्वयमसेवकहरुले पूजा सहजीकरण गर्ने छन्।

पूर्व यूवराज्ञी हिमानी शाह वीरगंजको घडिअर्वा पोखरीमा छठी माताको पूजा गर्न आउने कार्यक्रम रहेको छ। यसलाई मध्यनजर गर्दै घडिअर्वा पोखरीमा सुरक्षा व्यवस्था मिलाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell