PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

बारको आन्दोलनलाई काउन्टर दिँदै सर्वोच्च बाहिर मोटरसाइकल र्‍याली, 'अदालत खुला गर' भन्दै लाग्यो नारा

बारको आन्दोलनलाई काउन्टर दिँदै सर्वोच्च बाहिर मोटरसाइकल र्‍याली, 'अदालत खुला गर' भन्दै लाग्यो नारा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशनले प्रदर्शन गरिरहेको छ। प्रहरीको घेरा तोड्दै सर्वोच्च परिरस भित्रै पुगेर अधिवक्ताहरु विरोध प्रदर्शनमा उत्रेका हुन्।

सम्बन्धित समाचार : वकिलहरु सर्वोच्चभित्रै धर्नामा : प्रहरीले हस्तक्षेप गर्न खोज्दा घम्साघम्सी, वैकल्पिक बाटोबाट छिरे प्रधानन्यायाधीश

बार सदस्यहरुले सर्वोच्च भित्र बसेर प्रदर्शन गरिरहेको बेला सर्वोच्च बाहिर भने मोटर साइकलमा आएको एक समूहले 'अदालत खुल्ला गर' भन्दै नारा लगाउँदै प्रदर्शन गरेको छ। बारको आन्दोलनविरुद्ध शुक्रवार पनि प्रदर्शनमा उत्रेको समूहकै सदस्य संलग्न मोटरसाइकल र्‍यालीमा आएकाहरुले न्यायालय खोल्न माग गरेका थिए।

सर्वोच्चको मूल ढोका बाहिर बाइक रोकेर उनीहरुले केहीसमय नाराबाजी गरेका थिए। बाइकमा आएर प्रदर्शन गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell