PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

विप्लव कार्यकर्ताले गाडी रोक्दै टायर बालेपछि स्रोहखुट्टेमा प्रहरी र बन्दकर्ताबिच झडप

विप्लव कार्यकर्ताले गाडी रोक्दै टायर बालेपछि स्रोहखुट्टेमा प्रहरी र बन्दकर्ताबिच झडप

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : इन्धनको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ। काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव परेको छ। सार्वजनिक यातायात भने थोरै संख्यामा चलेका छन्।

यसबिच, विप्लव कार्यकर्ता र प्रहरीबिच काठमाडौंको सोह्रखुट्टेमा झडप भएको छ। गाडी रोक्दै टायर बाले सडक अवरुद्ध गर्दै हिँडेका बन्दकर्तालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो। प्रहरीले केही बन्दकर्तालाई नियन्त्रणमा लिएको छ। 

सम्बन्धित समाचार : विप्लवको बन्द : सुनधारामा टायर बालेर प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

बन्द आह्वानसँगै बिहानै देखि बालाजु - एनएसी हुँदै चल्ने सवारी साधन आज धेरै चलेका छैनन्। केही बस मात्र संचालनमा छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell