PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

मुख्यमन्त्री नियुक्त भएको १४ दिनपछि शाहीले थपे एक मन्त्री



पहिलोपोस्ट

मुख्यमन्त्री नियुक्त भएको १४ दिनपछि शाहीले थपे एक मन्त्री

सुर्खेतः कर्णाली प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री चयन भएको १४ दिनपछि शाहीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

निर्णय अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का सांसद चन्द्रबहादुर शाही नियुक्त  भएका छन्।

शाहीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका छन्।

शाही एमालेबाट निर्वाचित मुगुका सांसद हुन। उनले समाजवादी रोजेका थिए।

सम्बन्धित समाचार : सहजै सत्ताको ‘साँचो’ लिएका मुख्यमन्त्री शाहीले किन गर्न सकेनन् कर्णालीमा मन्त्रिपरिषद् विस्तार ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell