PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निसु तोकिएका मुद्दा पनि अब पुनः सुनुवाइमा जाने, हेर्दाहेर्दैका मुद्दामा पनि गोला प्रणाली लागू हुने



पहिलोपोस्ट

निसु तोकिएका मुद्दा पनि अब पुनः सुनुवाइमा जाने, हेर्दाहेर्दैका मुद्दामा पनि गोला प्रणाली लागू हुने

काठमाडौँः गोला प्रणालीबाट पेसी व्यवस्थापन हुँदा पहिलो पटकका लागि सर्वोच्चमा विचाराधीन हेर्दाहेर्दै र निर्णय सुनाउने (निसु) मिति तोकिएका मुद्दा पनि समेटिने भएका छन्। मंसिर १५ गतेबाट गोला प्रणाली लागू हुने निर्णय भइसकेको छ। 

निर्देशिका लागू भएपछिको गोला प्रणालीमा हेर्दाहेर्दै र निसुमा रहेका न्यायाधीशलाई अलग गरेरमात्र इजलास गठनको व्यवस्था छ। तर, पहिलो पटकको हकमा भने सबै मुद्दालाई नयाँ इजलास गठन गर्न लागिएको हो। 

गोला प्रणालीमा लागू हुने भएपछि निसुका मुद्दा पुनः इजलास गठन हुँदा ती मुद्दाको प्रारम्भबाटै सुनुवाइ हुनेछ। यस्तै, हेर्दाहेर्दैमा रहेका मुद्दा पनि पुनः सुनुवाइमा जानेछन्। 

सर्वोच्च प्रशासनले हेर्दाहेर्दैमा रहेका र निर्णय सुनाउने मिति तोकिएका मुद्दाहरुको संख्या भने यकिन गरेको छैन। तर, पछिल्लो तथ्याङ्क अनुसार सर्वोच्चमा करिब ३० हजार मुद्दा विचाराधीन छन्। 

गोला प्रणालीबाट पेसी तोकिएसँगै प्रधानन्यायाधीशबाट पेसी तोक्ने व्यवस्थाको अन्त्य हुनेछ। अटोमेसन प्रणालीमा जाने प्राविधिक तयारी पूरा नहुँदासम्म सर्वोच्चमा गोला प्रणालीबाट पेसी तोकिने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell