PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

पराजय पछि थ्री स्टारका प्रशिक्षक श्रेष्ठको प्रतिक्रिया : स्ट्राइकिङमा समस्या रह्यो, बल होल्ड गर्न सकेनौं



पहिलोपोस्ट

पराजय पछि थ्री स्टारका प्रशिक्षक श्रेष्ठको प्रतिक्रिया : स्ट्राइकिङमा समस्या रह्यो, बल होल्ड गर्न सकेनौं
थ्री स्टारका प्रशिक्षक उर्जन श्रेष्ठ। तस्विर : एन्फा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा ए डिभिजन लिगको नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबमाथि जित निकाल्यो। पहिलो खेलमा च्यासल युथ क्लबमाथि ३-० गोलअन्तरको सानदार जित निकालेको उपाधिको दाबेदार थ्री स्टार दोस्रो खेलमै सातदोबाटोसँग १-० गोलअन्तरले पराजित हुन पुग्यो।

पराजय पछि प्रतिक्रिया दिँदै थ्री स्टारका प्रशिक्षक उर्जन श्रेष्ठले स्ट्राइकिङमा समस्या हुँदा ३ अंक गुमाउनु परेको बताए।

'आज अलिकति गाह्रो भयो। बिचमा बल होल्ड गर्ने सकेनौ। स्ट्राइकिङमा समस्या नै छ। एउटा विदेशी खेलाडी साइन गर्नैछ। मिसपास पनि धेरै भयो,' प्रशिक्षक श्रेष्ठले भने, 'आजको मुख्य समस्या नै बल राख्न सकेनौ। अट्याकिङ थर्डमा खेल्न सकेनौं। एउटा स्ट्राइकर ल्याएर फुलफिल गर्नुपर्नेछ।'

आजको पराजयले उपाधि होडलाई प्रेसर हुने उनले बताए।

उता, सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसी भने जितपछि मख्ख सुनिए। उनले खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट भएको भन्दै फिनिसिङमा अझै सुधारको आवश्यकता रहेको बताए।

'नयाँ टिमले थ्री स्टारसँग जित्न राम्रो हो। जितेर मात्र राम्रो भनेको हैन कि उनीहरुले भन्दा धेरै हामीले हान्यौं। केटाहरुले स्कोरिङ राम्रो गर्‍यो,' प्रशिक्षक केसीले भने।

सम्बन्धित समाचार : थ्री स्टारलाई हराउँदै ए डिभिजन लिगमा सातदोबाटोको पहिलो जित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell