PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

नारायणी तीरमा राखिएको रातो कपडाले बेरेको सालिक कता पुग्यो?



नेत्र तामाङ

नारायणी तीरमा राखिएको रातो कपडाले बेरेको सालिक कता पुग्यो?

चितवनः नेकपा (एमाले) को महाधिवेशन उद्घाटन सत्रमा प्रदर्शनका लागि एउटा सालिक नारायणी तीरमा रातो कपडाले बेरेर राखिएको थियो। शुक्रबार रातो कपडाले बेरिएको सालिक एमाले अध्यक्ष केपी शर्मा ओली आउने वित्तिकै अनावरण गर्ने तयारी कलाकारले गरेका थिए।

बिहीवार सालिक कसको भन्ने बारेमा धेरैले प्रश्न गरेका थिए।

'ओलीको', प्रश्न गर्नेहरुलाई विक्रेता कुमार चौलागाईँले जवाफ दिन्थे।

यो कहिले खुल्छ त?

'भोलि' अर्थात् शुक्रबार महाधिवेशन उद्घाटनका दिन चौलागाईँको जवाफ हुन्थ्यो।

पढ्नुस्ः एमाले महाधिवेशन स्टेज नजिकै रातो कपडाले बेरेको सालिक कसको?

तर उक्त सालिक शुक्रबार उद्घाटनस्थल क्षेत्र वरपर नै देखिएन।

सालिक एकाएक गायब भयो।

उक्त सालिक देखाउने भएपछि पार्टीमा विवाद आएको भन्दै प्रदर्शन गर्न नदिएको बताइएको छ।

के त्यो सालिक एमाले अध्यक्ष ओलीकै थियो?

कतिले खोजी पनि गरे।

त्यही सालिक रातो कपडा खुला गरेर एमालेको बन्दसत्रस्थल सेभेन स्टार होटेलमा शनिबार प्रदर्शनमा राखियो।

बन्दसत्रस्थल प्रवेशद्वार भन्दा केही बाहिर रहेको स्टलमा रातो कपडा खोलिएको अवस्थामा सालिक प्रदर्शनमा राखिएको हो। सालिक शनिबार बिहानैबाट उक्त क्षेत्रमा प्रदर्शनमा राखिएको चौलागाईँले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell