PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

केन्द्रीय सदस्यलाई ओलीको निर्देशनः ‘अनुशासित हुनुस्, नेता हुन पार्टीको नीति नियम मान्नुपर्छ’



प्रकाश भण्डारी

केन्द्रीय सदस्यलाई ओलीको निर्देशनः ‘अनुशासित हुनुस्, नेता हुन पार्टीको नीति नियम मान्नुपर्छ’
फोटोः राजन काफ्ले

काठमाडौं : नेकपा (एमाले) को पहिलो केन्द्रीय कमिटी बैठकले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई दिएको छ। सौराहामा मंगलबार सम्पन्न एमालेको १०औँ महाधिवेशनले १९ पदाधिकारिसहित ३०१ जनाको केन्द्रीय कमिटी चयन गरेको छ।

दोस्रो कार्यकाल अध्यक्षमा निर्वाचति भएका एमाले नेता केपी शर्मा ओलीले लगतै केन्द्रीय कमिटीको बैठको बोलाएको थिए।

उक्त बैठकले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको बाँडबाँडबारे दोस्रो बैठक बोलाउने निर्णय गरेको छ। मंसिर २५ र २६ गतेका लागि केन्द्रीय कमिमटीको बैठक बोलाएको नवनिर्वाचित उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए।

'आजको बैठकले अर्को बैठक बोलाउने भनेको छ। त्यसमा स्थायी कमिटी र नेताहरुको जिम्मेवारीबारे छलफल हुन्छ,' उनले भने।

बैठकमा ओलीले नेताहरुलाई अनुशासित हुन निर्देशन दिएका थिए। उनले नेता हुनका लागि पार्टीको नीति नियम मान्नुपर्ने बताए। पार्टीको सुदृढीकरण अभियान सञ्चाल गर्ने बताएका ओलीले एकीकृत पार्टीका लागि सक्रिय रहन आग्रह गरे। उनले एमालेमाथि चौतर्फी आक्रमण भएको बताए। जनतासँग सम्बन्ध राम्रो बनाएर जाने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell