PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

दलहरुमा नेतृत्व हस्तान्तरणको वैधानिक व्यवस्था खोज्दै राजेन्द्र लिङ्देन, भने : राप्रपालाई कमल थापाको खाँचो छ



पहिलोपोस्ट

दलहरुमा नेतृत्व हस्तान्तरणको वैधानिक व्यवस्था खोज्दै राजेन्द्र लिङ्देन, भने : राप्रपालाई कमल थापाको खाँचो छ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई कमल थापाको खाँचो भएको बताएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले थापासहितका वरिष्ठ नेताहरु बिनाको राप्रपा आफूले कल्पना नगरेको बताएका हुन्। निवर्तमान अध्यक्ष कमल थापासहित पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी आफ्नो अभिभावक भएको उनको टिप्पणी थियो। सबै नेताहरु पार्टीमा सक्रिय नेताको रुपमा रहनु पर्नेमा उनले जोड दिए। 

'अनुभवको भण्डारको रुपमा तपाईंहरु हुनुहुन्छ। तपाईंहरु बिनाको राप्रपाको कल्पना गरेका होइन। हामीले जनतामा जाने कुरा गरेका हौं। हामीलाई कमल थापाको पनि उतिकै खाँचो छ,'उनले भने।

उनले निवर्तमान अध्यक्ष कमल थापा कार्यक्रममा अनुपस्थित भएकोमा असन्तुष्टी पोखे। थापा कार्यक्रममा उपस्थित भएको भए सुनमा सुगन्ध हुने उनको भनाई थियो। प्रज्ञा भवनमा भएको सपथ ग्रहण कार्यक्रममा थापा अनुपस्थित थिए। थापाले लिङ्देनलाई जिताउन र आफूलाई पराजित गर्न पूर्वा राजा ज्ञानेन्द्र सक्रिय भएको आरोप लगाएका छन्।

सम्बन्धित समाचार : राजेन्द्र लिङ्देनले अध्यक्षको सपथ लिँदैगर्दा कमल थापाले लेखे : यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो?

सम्बोधनका क्रममा लिङ्देन ले एकता महाधिवेशन ऐतिहासिक भएको भन्दै महाधिवेशनलाई भेलाका रुपमा मात्रै बुझ्न नहुने बताए।

'५ वर्षमा औपचारिकता पुरा गर्ने यो भेला मात्रै होइन। त्यसले विगतको पनि समीक्षा गर्नुपर्छ र भविष्यको पनि मार्ग तय गर्नुपर्छ' उनले भने।

लिङ्देनले आफूले सुरु देखि नै नेतृत्व हस्तान्तरणको विषय उठाएको बताए। साथै, नेपालको राजनीतिक खलमा नेतृत्व हस्तान्तरणको अभ्यास नै नभएको उनले बताए।

'यो वर्ष हामीले परम्परागत रुपमा मात्रै कसैलाई स्थापित गरेर जान हुँदैन भन्यौं। राजसंस्था र हिन्दुराज्य सर्वत्र लोकप्रिय छ। तर राप्रपा कमजोर अवस्थामा छ,' उनले भने,'बहुमत सरकार पनि पुरा कार्यकाल चलेका छैनन्। किन आफ्नै पार्टीका मान्छे सरकार ढाल्न र पार्टी फुटाउन लाग्छन् ? त्यसको खोजी गर्दा देशमा नेतृत्व हस्तान्तरणको कुनै वैधानिक व्यवस्था छैन्। व्यवस्था नभएपछि मान्छेल टिकिरहेको ठाउँबाट हटन मन लाग्दैन्।'

उनले अरु पार्टीका युवा नेताहरुसँग पनि नेतृत्व हस्तान्तरणबा बारेमा आफ्नो छलफल भइरहेको दाबी गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell