PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

गण्डकीमा पौडेल पक्षको पकड, हेभिवेट हार्दा को को भए विजयी?



रिना थापा

गण्डकीमा पौडेल पक्षको पकड, हेभिवेट हार्दा को को भए विजयी?

पोखराः नेपाली कांग्रेस महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह शतप्रतिशत जित निकाल्न सफल बन्यो। प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा र पौडेल पक्ष गरी दुई प्यानल निर्वाचनमा होमिएका थिए।

गण्डकीमा पदाधिकारी बाहेक सदस्यमा पनि पौडेल समूहले आफ्नो पकड जमायो। देउवा समूहका अर्जुन जोशीलाई पराजित गर्दै पौडेल पक्षका शुक्रराज शर्मा सभापति निर्वाचित भए। शर्माले ६१२ मत ल्याई विजयी हुँदा जोशीले ५२८ मत पाए ।

उपसभापतिमा पौडेल समूहकै कल्पना तिवारी विजयी भइन्। तिवारीले ६२४ मत पाइन्। देउवा पक्षका मेखलाल श्रेष्ठ ५५६ मत ल्याई विजयी भए।

महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठ विजयी भए। सहमहामन्त्री महिलातर्फ ५५२ मत ल्याएर कोपिला रानाभाट विजयी भइन्। सहमहामन्त्री खुल्लातर्फ रमेशकुमार पाण्डे ६१८ र रामचन्द्र जोशीले ५६९ मत पाएर विजयी भए।

जिल्लाको तर्फबाट महिला सदस्यमा कास्कीबाट अप्सरा श्रेष्ठ ५७०, म्याग्दीबाट विमला गौचन ५३४, स्याङ्जाबाट कविता तिवारी गैह्रे ५९६, बागलुङबाट कल्पना पाठक हमाल ६२४, लमजुङबाट छुपिमाया गुरुङ ५७९, गोरखाबाट शोभा अधिकारी ६०३ र नवलपुरबाट सीता कुवँर ५६३ मतसहित विजयी भए।

यस्तै खुल्ला सदस्यमा कास्कीका डम्बरजंग गुरुङ ६२०, म्याग्दीका अनोद श्रेष्ठ ५४८, स्याङ्जाका अजित क्षेत्री ६००, बागलुङका इन्द्रराज पौडेल ५५०, लमजुङका हरिप्रसाद बराल ५५९,  गोरखाका पूर्णबहादुर दाहाल ५५८, नवलपुरका अशोक बस्ताकोटी ५१३ र पर्वतका रमेश पौडेल ५८४ मत ल्याएर विजयी भए।

प्रदेश सदस्य महिला सदस्यबाट ओमकुमारी महतो ६१५, पवित्रा गौली ८१६, विमलाकुमारी थापा ५३८ र सीताकुमारी काफ्ले लामिछाने ५६५ मत ल्याई विजयी भएका छन्।

प्रत्यक्ष प्रदेश खुल्लामा कर्णबहादुर गुरुङ ५४०, जीवनप्रसाद बास्तोला ५३१, प्रकाशचन्द्र दवाडी ५२७, दिपेश गौतम ४७४, रामचन्द्र पौडेल ४५७, हरिदत्त पौडेल ४३९, रामजीप्रसाद भण्डारी ४२७ र घनश्याम कँडेल ४१३ मतले विजयी भए।

यस्तै खस आर्य महिलातर्फ जानुका पन्त ६११, देवी कार्की ५५९, विष्णुमाया धिताल ५४८ र पार्वती आचार्य ५३७ मतले विजयी भए।  खस आर्य खुल्लामा वीरबहादुर ढकाल ७२५, शान्तिरमण वाग्ले ५२१,  चोलेन्द्र पौडेल ५५८ र श्यामप्रसाद शर्मा ४५६ मतले विजयी भए।

आदिवासी जनजाति महिलातर्फ उर्मिला गुरुङ ६२५, सरिता गुरुङ ५८९, विनाकुमारी श्रेष्ठ ५५१, सीता गुरुङ ५४४ र हितदेवी घर्तीमगर ५३७ मतले विजयी भए। यस्तै खुल्लामा सुरज गुरुङ ६०५, आशिक गुरुङ ५९०, पूर्णबहादुर राना ५८६, कुमबहादुर गुरुङ ५७३ र वसन्तकुमार श्रेष्ठ ५६६ मतले विजयी भए।

मधेशी कोटामा ५५३ मतसहित वीरेन्द्रप्रसाद मण्डल विजयी भए।  दलिततर्फ महिलामा विणुमाया परियार र चन्द्रमाया परियार विजयी भए। दलित खुल्लातर्फ जीतबहादुर नेपाली ६७८ र प्रेमबहादुर विश्वकर्मा ६०० मतले विजयी भए। थारु कोटामा इन्द्रबहादुर महतो र मुस्लिममा शाह मोहम्मद मियाँ विजयी भए। यता अल्पसंख्यकमा अर्जुन शेरचन विजयी भए। 

वजनदार नेताको हार

प्रदेश अधिवेशनमा बहालवाला मन्त्री, मेयर जनप्रतिनिधि नेताले हार व्यहोर्नुपर्‍यो। गण्डकीका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले महामन्त्रीमा हारे। 

सभापतिमा पराजित भएका अर्जुन जोशी युवा माझ चर्चित मानिन्छन्। पर्वतमा १६ वर्षसम्म एकछत्र जिल्ला सभापति पदमा राज गरेका व्यक्ति हुन् जोशी। यता सहमहामन्त्रीमा गोरखाका मेयर राजनराज पन्त पराजित भए। भीमसेन गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे पनि पराजित भए। सहमहामन्त्रीमा प्रदेश सांसद ओमकला गौतम पराजित भइन्। उनी प्रदेशसभा गण्डकीकी प्रमुख सचेतकसमेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell