PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

भृकुटीमण्डपमा उम्मेद्वारले ‘मनपरी राखेका’ ब्यानर निकाल्यो प्रहरीले

भृकुटीमण्डपमा उम्मेद्वारले ‘मनपरी राखेका’ ब्यानर निकाल्यो प्रहरीले

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा उम्मेद्वारी घोषणा गर्ने क्रम जारी छ। उम्मेद्वारी घोषणासँगै प्रचारलाई पनि तीव्रता दिइएको छ। महाधिवेशनस्थल भृकुटीमण्डलमा वरपर पनि ब्यानर, तुल राख्ने प्रतिस्पर्धा छ। महाधिवेशनस्थल वरपर र पार्टी कार्यालय सानेपामा राखिएका ब्यानर भने प्रहरीले हटाएको छ।

महाधिवेशन निर्वाचन कमिटीले पनि महाधिवेशनस्थल र पार्टी कार्यालय आसपासको ५०० मिटर वरपर यस्ता प्रचार सामाग्री नराख्न आचारसंहिता जारी गरेको छ। तर, आचारसंहिता विपरीत उम्मेद्वारले मनपरी रुपमा तुल, ब्यानर, पम्प्लेटले रंग्याएका थिए। 

बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा सानेपा पुग्दा उक्त स्थानमा राखिएका ब्यानर हटाइएको थियो। साँझ महाधिवेशन उद्घाटनस्थल वरपरका ब्यानर हटाइएको हो।  

उम्मेद्वारहरुले परम्परागत तुल ब्यानरसँगै सामाजिक सञ्जालमा पनि प्रचारलाई तीव्रता दिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell