PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

उद्घाटनअघि यस्तो देखियो कांग्रेस महाधिवेशनस्थल

उद्घाटनअघि यस्तो देखियो कांग्रेस महाधिवेशनस्थल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: आजबाट काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४ औं महाधिवेसन सुरु हुँदैछ। आज बिहानैबाट भृकुटीमण्डपमा तयारी थालिएको छ भने चहलपहल धेरै छ।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने बताइएको छ। सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ। सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ।

महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ। यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ। यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन्।

कांग्रेस १४ औं महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन, महाधिवेशनस्थल सिसीटीभीको निगरानीमा, अरु के-के छ कार्यतालिका?



ट्रेन्डिङ पोस्ट

Ncell